प्रदेश ५: मल र विषादी छर्न ‘ड्रोन’ प्रयोग गरिँदै
तुलसीपुर। प्रदेश ५ मा अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्न भित्र्याएको  ड्रोन दाङको बेलझुण्डीमा १० फागुनदेखि शुरु  प्रदेश एक्स्पोमा राखेको छ।
आधुनिक शैलीबाट खेती गर्न ड्रोन ल्याएको प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले बताए।
“हामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौँ, अहिले मल र विषादी छर्नका लागि ड्रोन भित्र्याएका छौँ”, उनले भने, “यसले किसानलाई धेरै सहजता ल्याउँछ।”
एक्स्पोमा प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु प्रदर्शनमा राखिएका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्