काठमाडौं। पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा निर्माण भएको यासोक बृहत पम्पिङ खानेपानी आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरेका छन्।
तमोर नदिबाट १४ सय ३४ मिटर उचाईमा पानी पम्पिङ गरेर वितरण गर्ने गरी दुई वर्षअघि खानेपानी आयोजना निर्माण शुरू गरिएको थियो।
जन्मदिन मनाउन जन्मथलो तेह्रथुम जानेक्रममा प्रधानमन्त्रीले पाँचथरको उक्त खानेपानी आयोजना उद्घान गरेका हुन्। प्रधानमन्त्री ओली आफ्नो ६९औं जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिका गएका छन्।
पाँचथरको कुम्मायक गाउँपालिकाको वडा नं. १, ३, ४ र ५ वडामा ५१ करोड ३० लाख २० करोड २५६ रूपैयाँको लागतमा खानेपानी आयोजना निर्माण भइरहेको छ। आयोजनाको कूल लगानीमध्ये ९० प्रतिशत ४६ करोड १७ लाख १८ हजार ५११ रूपैयाँ नेपाल सरकारले लगानी गरेको छ।
त्यसबाहेक, उपभोक्ताले नौ प्रतिशत अर्थात चार करोड ६१ लाख ७१ हजार ८५१ रूपैयाँ बराबरको श्रमदान गर्नेछन भने बाँकी ५१ लाख ३० हजार २०५ रूपैयाँ उपभोक्ताले नै संकलन गरेको नगद खर्च हुने आयोजनाले बताएको छ।
आयोजनाको लक्षित तीन हजार ४३ घरधुरीमध्ये अहिलेसम्म दुई हजार ८० घरधुरीमा खानेपानी जडान भइसकेको छ।
कुम्मायक गाउँपालिकामा पानीको मुहान सुक्न थालेपछि कृषि उत्पादन हुन छाडेको र खानेपानीकै पनि अभाव हुन थालेकाले स्थानीय बसाई सर्न थालेका थिए।
नेपाल सरकारले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरी तमोर नदीबाट पानी पम्पिङ्ग गरी वितरण गर्ने गरी आर्थिक वर्ष २०७२÷७३ बाट खानेपानी आयोजना निर्माण सुरु गरिएको थियो।
" /> काठमाडौं। पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा निर्माण भएको यासोक बृहत पम्पिङ खानेपानी आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरेका छन्।तमोर नदिबाट १४ सय ३४ मिटर उचाईमा पानी पम्पिङ गरेर वितरण गर्ने गरी दुई वर्षअघि खानेपानी आयोजना निर्माण शुरू गरिएको थियो।

">