काठमाडौं। निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडिओ सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध साइबर अपराध अन्तर्गत उजुरी दर्ता भएको छ।
संसदको सार्वजनिक लेखा समितिले मिश्रलाई कारबाही गर्न दिएको उजुरी प्रहरीले दर्ता गरेको हो।
मिश्रले अडिओ प्रकरणमा आफूहरूलाई समेत मुछेर चरित्रहत्या गरेको भन्दै समितिका सदस्य सांसदहरूले प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता गराएका हुन्।
“प्रहरी प्रधान कार्यालयमा दिइएको उजुरी दर्ता भएको छ”, समितिका सचिव डा. रोजनाथ पाण्डेले भने।
अडिओ सार्वजनिक गर्ने मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा समितिका सांसदहरूको पनि मिलेमतो रहेको भन्दै सञ्चारमाध्यमहरूमा आरोप लगाएका थिए।
त्यसपछि समितिका सदस्यहरूले उनीमाथि साइबर क्राइम अन्तर्गत उजुरी दिएका हुन्।
प्रहरी मुख्यालयमा रहेको साइबर अपराध हेर्ने शाखामा उजुरी दर्ता भएको समितिका सचिव पाण्डेले देखापढीलाई जानकारी दिए।
" /> काठमाडौं। निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडिओ सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध साइबर अपराध अन्तर्गत उजुरी दर्ता भएको छ।संसदको सार्वजनिक लेखा समितिले मिश्रलाई कारबाही गर्न दिएको उजुरी प्रहरीले दर्ता गरेको हो।

">