काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन गरेको छ।
हिजो, १० फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा नेकपाका नेताद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटालाई सदस्य राखिएको छ।
नेपालको संविधान अनुसार प्रधानमन्त्री बन्न प्रतिनिधि सभा सदस्य हुनुपर्छ। यही प्रावधानमा राष्ट्रिय सभा सदस्यलाई पनि थप गर्ने कसरतमा नेकपा जुटेको हो।
नेकपामा राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने विषय सबभन्दा पहिले उपाध्यक्ष वामदेव गौतमले उठाएका थिए। राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने भए मात्र आफू राष्ट्रिय सभामा जाने अडान उनले लिएका थिए।
२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बर्दिया–१ बाट पराजित गौतमले त्यसपछि प्रतिनिधि सभामा पुग्ने थुप्रै प्रयास गरेका थिए। ती प्रयास सफल नभएपछि उनको ध्यान राष्ट्रिय सभातर्फ मोडिएको थियो।
राष्ट्रिय सभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने एक जना सदस्यको पद २० फागुनमा रिक्त हुँदैछ। अहिले त्यो पदमा अर्थमन्त्री डा. युवराज खतिवडा छन्।
यो पद रिक्त हुनुभन्दा केही दिन अघि मात्र नेकपाले संविधान संशोधनको गृहकार्य शुरू गर्नुलाई धेरैले बामदेवलाई प्रधानमन्त्री बनाउने कसरतका रूपमा बुझेका छन्।
१० फागुनको सचिवालय बैठकमा सहभागी एक सदस्यले कार्यदल गठन गरेको पुष्टि गरे। “साथीहरू बाहिर के-के चुहाइदिन्छन्, थाहै नहुने”, आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै ती सदस्यले देखापढीसँग भने, “हो, कार्यदल बनेको हो। यसबारे अहिले चाहिँ विस्तृतमा नजाऔं।”
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छाका बाबजुद कार्यदल गठन भएको अर्का एक सदस्यले बताए। सचिवालयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, सचिवालय सदस्य नेपाल र उपाध्यक्ष गौतमलगायत एकजुट भएपछि यो निर्णय भएको बताइएको छ।
" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन गरेको छ।हिजो, १० फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा नेकपाका नेताद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटालाई सदस्य राखिएको छ।

">