काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडा अब ९ दिन मात्र राष्ट्रिय सभा सदस्य रहनेछन्। परिस्थितिमा कुनै नाटकीय फेरबदल भएन भने राष्ट्रिय सभा सदस्यको उनको दुई वर्षे कार्यकाल २० फागुनमा सकिँदैछ।
राष्ट्रिय सभाका ५९ सदस्यमध्ये नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका तीन सदस्यमध्येका एक हुन्, खतिवडा। राष्ट्रिय सभा आफैंमा स्थायी प्रकृतिको भए पनि त्यसका एक तिहाइ सदस्यको पदावधि भने दुई वर्ष मात्रै हुने संवैधानिक व्यवस्था छ।
पहिलोपटक राष्ट्रिय सभा सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाद्वारा गरिने संवैधानिक व्यवस्था छ। त्यही गोलाप्रथामा खतिवडाले गोला तान्दा उनको कार्यकाल दुई वर्षको मात्र हुन गयो, जुन २० फागुनमा सकिनेछ।
२० फागुनपछि पनि खतिवडा नै अर्थमन्त्री रहिरहन उनका सामु एउटा मात्रै विकल्प छ- संघीय संसद्को सदस्य रहिरहने। तर, उनका लागि यो सम्भावना असम्भवजस्तै देखिन थालेको छ।
प्रधानमन्त्री केपी ओलीका विश्वासपात्रका रूपमा अर्थमन्त्री नियुक्त भएका थिए, खतिवडा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अहिले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र बामदेव गौतम सामेल खेमा बलियो देखिन्छ। उनीहरू पार्टी र सरकार दुवैमा हाबी हुन चाहिरहेका छन्। त्यसकारण पनि यो खेमा अर्थमन्त्रीबाट युवराज खतिवडालाई हटाएर आफ्ना मान्छेलाई उक्त पद दिलाउन चाहन्छ।
नेकपाका उपाध्यक्ष बामदेव गौतम आफैं पनि राजकीय जिम्मेवारीका लागि लालायित छन्। २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बर्दिया-१ बाट पराजित भएका गौतमले संसद् प्रवेशका लागि अनेकौं प्रयास गरिसके।
डोल्पाबाट निर्वाचित सांसद् धनबहादुर बुढालाई राजीनामा गराएर निर्वाचन लड्न पनि तयार भएका थिए, गौतम। तर, पार्टीभित्रैको राजनीतिक दबाब थेग्न नसकेपछि बामदेवलाई सांसद् पद छाड्न धनबहादुर बुढा आफ्नो पूर्ववत् निर्णयबाट पछि हटे।
डोल्पाबाट संसद् प्रवेशको ढोका नखुलेपछि गौतमको आँखा सोझियो काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ६ मा। नेकपाबाट निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामा गराउने तयारीमा गौतम जुटे। मानन्धर पनि गौतमको प्रभावमा परिसकेका थिए। तर, अन्तिम समयमा उनले पनि गौतमका लागि आफ्नो निर्वाचन क्षेत्र छाडेनन्।
संसद्मा पुग्ने सबै उपाय लगभग बन्द भएपछि बामदेव गौतमले अहिले नयाँ जुक्ति निकालेका छन्। त्यो हो, अर्थमन्त्री युवराज खतिवडालाई छिर्के लगाउने र सरकारको सिफारिसमा मनोनीत हुने राष्ट्रिय सभा सदस्यको एउटा कोटामा आफैं सिफारिस हुने।
तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की क्षेत्र नम्बर २ मा खाली भएको प्रतिनिधि सभा सदस्य पदमा पनि गौतमको आँखा पुगेको थियो। शोकको अवस्थामा रहेका मतदाताको बीचमा संसद् प्रवेशको झोला थाप्न जाँदा प्रत्युत्पादक हुने भएपछि गौतम कास्कीबाट पनि पछि हटेका थिए।
त्यति मात्र होइन, राष्ट्रिय सभामा खाली हुँदै गरेको एक तिहाइ सदस्यको निर्वाचनमा पनि उम्मेद्वार हुन तयार भएका थिए, गौतम। उनलाई उम्मेद्वार बनाउन नेकपाका नेताहरू पनि लगभग तयार नै थिए। तर, गौतमले शर्त झिके– ‘राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन हुनुपर्छ।’
संसद् प्रवेश गरेसँगै प्रधानमन्त्रीको बाटो बनाइराख्न चाहेका थिए उनले। गौतमले गरेको संविधान संशोधनकै माग उनका लागि गलपासो बन्यो। शक्ति केन्द्र बन्ने बाटो उनका लागि फेरि बन्द भयो।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचमा फाटो आउँदाका सम्बन्ध-सेतु पनि हुन् बामदेव। त्यति मात्र होइन, पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास पनि गौतमले जितेका छन्। राष्ट्रपतिकै सुझावमा गौतमलाई नेकपाको दोस्रो केन्द्रीय कमिटीको बैठकले उपाध्यक्ष मनोनीत गरेको थियो।
संसद्मा पुग्ने सबै उपाय लगभग बन्द भएपछि गौतमले अहिले नयाँ जुक्ति निकालेका छन्। त्यो हो, अर्थमन्त्री युवराज खतिवडालाई छिर्के लगाउने र सरकारको सिफारिसमा मनोनीत हुने राष्ट्रिय सभा सदस्यको एउटा कोटामा आफैं सिफारिस हुने।
खतिवडाको हातमा दुई वर्षे कार्यकालको चिठ्ठा परेकै कारण अहिले राष्ट्रपतिले एक सदस्य मनोनीत गर्नुपर्ने भएको हो। खतिवडाले बनाइदिएको त्यही बाटो गौतमले प्रयोग गर्न खोजेका छन्।
१० फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकमा बामदेवले आफूलाई राष्ट्रिय सभामा लैजानपर्ने विषय प्रवेश गराएका छन्। उक्त विषयमा सचिवालय तहमा छलफल पनि भएको छ। तर, सचिवालयका सदस्यहरूले गौतमका विषयमा ठोस् निर्णय भने गरिसकेका छैनन्।
नेकपाले बामदेव गौतमलाई मनोनीत गरेर राष्ट्रिय सभामा लैजाने निर्णय गर्याे भने खतिवडाको अर्थमन्त्री पद बाँकी रहँदैन। खतिवडा र गौतम दुवैलाई राष्ट्रिय सभामा राख्ने हो भने राष्ट्रिय सभाका अन्य कुनै सदस्यलाई राजीनामा गराउनुपर्ने हुन्छ। यो त्यति सजिलो भने छैन।
बामदेवको राष्ट्रिय सभा यात्राबारे नेकपा सचिवालय बैठकमा छलफल चलिरहेकाले खतिवडाको पदका बारेमा उनको कार्यकाल ९ दिन मात्रै बाँकी रहँदा पनि टुङ्गो लाग्न सकेको छैन।
पढ्नुहोस्
अर्थमन्त्री खतिवडाको कार्यकाल २० फागुनमै सकिन्छ ?
" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडा अब ९ दिन मात्र राष्ट्रिय सभा सदस्य रहनेछन्। परिस्थितिमा कुनै नाटकीय फेरबदल भएन भने राष्ट्रिय सभा सदस्यको उनको दुई वर्षे कार्यकाल २० फागुनमा सकिँदैछ।राष्ट्रिय सभाका ५९ सदस्यमध्ये नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका तीन सदस्यमध्येका एक हुन्, खतिवडा। राष्ट्रिय सभा आफैंमा स्थायी प्रकृतिको भए पनि त्यसका एक तिहाइ सदस्यको पदावधि भने दुई वर्ष मात्रै हुने संवैधानिक व्यवस्था छ।

">