काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारण सभा २८–२९ चैतमा हुने निश्चित भएको छ। महासंघको ५४औं साधारण सभाको समय तोक्न आज डाकिएको कार्यसमिति बैठकले मिति तय गरेको हो।
चैतमा हुने साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने पक्का भइसकेको छ। महासंघको वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने व्यवस्था भएकाले गोल्छा अध्यक्ष पक्का भइसकेका हुन्।
सोहीकारण चैतमा हुने साधारणसभाले महासंघको वरिष्ठ उपाध्यक्षमा केन्द्रित हुनेछ। अहिलेसम्म वरिष्ठ उपाध्यक्ष पदका लागि दुई जनाले उम्मेद्वारी दिएका छन्। चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानले उम्मेद्वारी दिएका हुन्।
आज बसेको महासंघको कार्यसमिति बैठकले आगामी निर्वाचन कमिटी गठन गरेको छ। जसअनुसार महासंघले उपेन्द्र केशरीलाई प्रमुख निर्वाचन अधिकृत तोकेका छ।