कांग्रेसले भन्यो- ‘एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधनको तमासा’

काठमाडौं। नेपाली कांग्रेसले एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज ट्विटरमार्फत् आपत्ति जनाएका हुन्।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १० फागुनमा बसेको सचिवालय बैठकले राष्ट्रिय सभाका सदस्यसमेत प्रधानमन्त्री बन्न सक्नेगरी संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

नेकपाका उपाध्यक्ष बामदेव गौतमका लागि यस्तो संशोधन गर्न लागिएको चर्चा भइरहेको छ।

“मधेशले माग्यो संविधान संशोधन, भनियो– हुन्न, जनजातिले मागे हुन्न भनियो, दलित, थारु अनि अरुले मागे, तिनलाई पनि हुन्न भनियो। तर, आज कोही एक व्यक्तिको अनुहार हेरेर संशोधन तयारी ?”, शर्माले ट्विटरमा लेखेका छन्, “गम्भीर राष्ट्रिय विमर्शबिना यो के तमासाको तयारी कमरेडहरू ?

प्रतिक्रिया दिनुहोस्