राेल्पा। उपराष्ट्रपति नन्दबहादुर पुनले सामुदायिक विद्यालयको गुणस्तर बढाउन शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको बताएका छन्। रोल्पाको थवाङ गाउँपालिका-१, झकेवाङमा अवस्थित वीर बलभद्र नमूना माध्यमिक विद्यालयको उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयको शैक्षिकस्तर गौरवको अनुभूति गर्ने खालको हुनुपर्ने बताए।
“सामुदायिक विद्यालयको शैक्षिकस्तर यस्तो होस् की जहाँ पढ्दा हाम्रा नानीबाबुले गौरवको अनुभूति गरुन्, अभिभावकले सामुदायिक विद्यालयमा नानीबाबु पढाउन पाएकोमा गौरव गरुन्”, उपराष्ट्रपति पुनले भने, “सरकार, स्थानीय जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक, अभिभावक सबैले आ–आफ्नो क्षेत्रमा इमान्दारितापूर्वक काम गर्ने हो भने यो कुनै गाह्रो हो जस्तो मलाई लाग्दैन। म यसतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु।”
सबैको साझा प्रयासबाट सामुदायिक विद्यालयलाई नमूना बनाउन सकिने उनको भनाइ थियो। उपराष्ट्रपति पुनले शिक्षाको पहुँचबाट वञ्चित बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने मात्र नभई उनीहरूलाई आजको समाज, विश्व सुहाउँदो प्रतिस्पर्धी गुणस्तरीय शिक्षा वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवम् जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी एवम् राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार पार्नेतर्फ केन्द्रित हुनपर्नेमा जोड दिए। रासस
" /> राेल्पा। उपराष्ट्रपति नन्दबहादुर पुनले सामुदायिक विद्यालयको गुणस्तर बढाउन शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको बताएका छन्। रोल्पाको थवाङ गाउँपालिका-१, झकेवाङमा अवस्थित वीर बलभद्र नमूना माध्यमिक विद्यालयको उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयको शैक्षिकस्तर गौरवको अनुभूति गर्ने खालको हुनुपर्ने बताए।“सामुदायिक विद्यालयको शैक्षिकस्तर यस्तो होस् की जहाँ पढ्दा हाम्रा नानीबाबुले गौरवको अनुभूति गरुन्, अभिभावकले सामुदायिक विद्यालयमा नानीबाबु पढाउन पाएकोमा गौरव गरुन्”, उपराष्ट्रपति पुनले भने, “सरकार, स्थानीय जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक, अभिभावक सबैले आ–आफ्नो क्षेत्रमा इमान्दारितापूर्वक काम गर्ने हो भने यो कुनै गाह्रो हो जस्तो मलाई लाग्दैन। म यसतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु।”

">