आज ग्याल्पो ल्होसार, बराह वर्ष सकिएर मुसा वर्ष शुरू
काठमाडौं। आज ग्याल्पो ल्होसार। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले विविध कार्यक्रम आयोजना गरेर सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाउँछन्।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

बराह वर्ष पूरा भई आजदेखि मुसा वर्ष शुरू हुने शेर्पा जातिको संस्कृतिका खोजकर्ता टीका शेर्पाले बताए।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइन्छ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरू गरिएको हो। समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको हो।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ। शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्