अमेरिकी राष्ट्रपति ट्रम्प दुई दिने भारत भ्रमणमा आउँदै
काठमाण्डौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका लागि आज भारत आउँदै छन्।
पहिलो पटक भारत आउन लागेका ट्रम्प बिहान ११ बजेर ४० मिनेटमा नयाँदिल्ली पुग्ने कार्यक्रम छ।
भ्रमणमा निस्कनुअघि ट्रम्पले भने, “भारतीय प्रधानमन्त्री मोदी मेरा मित्र हुन्, उनी शानदार व्यक्ति पनि छन्, भारत जानलाई म आतुर छु।”
अहमदावादको सबैभन्दा ठूलो क्रिकेट रंगशालामा मोटेरा स्टेडियममा हुने 'नमस्ते ट्रम्प' कार्यक्रममा ट्रम्प सहभागी हुने कार्यक्रम छ।
ट्रम्प-मोदीबीच व्यापार सम्झौतामा हस्ताक्षर हुनसक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ट्रम्पले पनि डिल राम्रो भएमा भारतसँग व्यापारीक सम्झौता हुनसक्ने बताएका थिए।
ट्रम्पको यो भ्रमणले दुई देशबीचको रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
करीब ७० लाख मानिसले सडकमा ट्रम्पको स्वागत गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ।
यसअघि पछिल्लो पटक तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले २५-२७ जनवरीमा भारत भ्रमण गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्