बालुवाटारमा ओली-दाहालबीच छलफल

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि दुई अध्यक्षबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

“दुई अध्यक्षबीच समयसामयीक विषयमा छलफल भएको छ”, थापाले देखापढीसँग भने।

प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष दाहाल बिहान बालुवाटार पुगेका हुन्।

दुई अध्यक्षबीच निर्वतमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण, एमसीसीका सम्बन्धमा कार्यदल बुझाएको प्रतिवेदन लगायतका विषयहरूमा छलफल भएको बालुवाटार स्रोतले बतायो।

यस्तै १० फागुनको नेकपा सचिवालय बैठकले संविधान संशोधनका लागि माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरेको सार्वजनिक भएपछि भइरहेका टिप्पणीबारे पनि छलफल भएको बताइएको छ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने कसरतसँगै राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्ने गरी कार्यदल बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्