व्यावसायिक वातावरण बनाउन सुरक्षा व्यवस्था सुदृढ : गृहमन्त्री थापा
<p>चितवन। गृहमन्त्री रामबहादुर थापाले निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताएका छन्। त्यसका लागि आवश्यक सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारले पर्याप्त ध्यान दिएको पनि उनको भनाई छ।</p>
<p>व्यापार तथा निकासी प्रबर्द्धन केन्द्र काठमाडौंद्वारा रत्ननगरमा आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रबर्द्धन’सम्बन्धी तालीमको आज उद्घाटन गर्दै गृहमन्त्री थापाले औद्योगिक, व्यापार र अर्थनीतिको विश्लेषण गरेर सुधार गर्नुपर्नेमा जोड दिएका हुन्। </p>
<p>गृहमन्त्री थापाले उत्पादन बढाइ निर्यातमा वृद्धि गर्न आग्रह गर्दै आन्तरिक सुरक्षा व्यवस्था सबल बनाउन सरकारले उच्च प्राथमिकता दिएको दाबी गरे। उनले भने, “सुरक्षाकर्मीको मनोवल उच्च बनाउन गृह मन्त्रालयले काम गरिरहेको छ। प्रहरी चौकी निर्माण र पुनः निर्माणको काम भइरहेको छ।” रासस</p>
प्रतिक्रिया दिनुहोस्