कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप-निर्देशक विजय श्रेष्ठले नेपालमा गोलभेडा र काउलीको उत्पादन बढेकाले मूल्य घटेको बताए।
उनले भने, “एकातिर मूल्य घटिरहेको छ, अर्कोतिर भारतबाट प्रशस्त मात्रामा तरकारी आयात भईरहेको छ।”
यही कारणले गोलभेडा र काउलीलगायत अधिकांश तरकारीको मूल्य वर्षकै न्यून अवस्थामा आएको बताएका उनले आज काउलीको थोक मूल्य प्रतिकिलो १८ रूपैयाँ रहेको बताए।
तीन महीनाअघिसम्म ९५ रूपैयाँ किलोमा बिक्री भईरहेको काउलीको मूल्य अझै घट्न सक्ने उनले बताए।
त्यस्तै, तीन महीनाअघि प्रतिकिलो ७८ रूपैयाँ रहेको बन्दाको थोक मूल्य घटेर आज २८ रूपैयाँमा झरेको छ।
यस अवधिमा बन्दाको थोक मूल्यमा प्रतिकिलो ५० रूपैयाँसम्मको गिरावट आएको छ। बन्दाको खुद्रा बजार मूल्य भने ४५ रूपैयाँ प्रतिकिलो छ।
भारतमा प्याजको उत्पादन बढेसँगै नेपाली बजारमा यसको मूल्यमा भारी गिरावट आएको छ।
आन्तरिक उत्पादनमा कमी आएको बताउँदै भारतको केन्द्र सरकारले केही महीनाअघि प्याज निर्यातमा रोक लगाएको थियो।
त्योसँगै नेपाली बजारमा प्याजको मूल्य आकाशिएको थियो।
आजभन्दा तीन महीनाअघि प्याजको मूल्य बढेर थोक बजारमा प्रतिकिलो १५५ रूपैयाँसम्म पुगेको थियो।
यही बीचमा प्याजको खुद्रा मूल्य प्रतिकिलो ४०० रूपैयाँसम्म पुगेको थियो।
तर, आज प्याजको थोक मूल्य ६९ रूपैयाँमा झरेको छ। खुद्रा मूल्य प्रतिकिलो ७५ रूपैयाँ छ।
यस्तै, प्रतिकेजी ३८ रूपैयाँ थोक मूल्य रहेको मुला १२ रूपैयाँ, ८८ रूपैयाँ रहेको मटरकोशा घटेर ५५ रूपैयाँ, ६८ रूपैयाँ रहेको लौका ४८ रूपैयाँमा झरेको छ।
तीन महीनाअघि प्रतिकेजी ९८ रूपैयाँ रहेको भिण्डी ९८, ५५ रूपैयाँ किलोमा बिक्री भएको रायोको साग १८, ५५ रूपैयाँ प्रतिकिलो रहेको तोरीको सागको मूल्य अहिले २८ रूपैयाँ कायम छ।
त्यसैगरी, १४५ रूपैयाँ थोक मूल्य रहेको हरियो प्याजको मूल्य १०५ रूपैयाँ, प्रतिकिलो ३९५ रूपैयाँ रहेको डल्ले च्याउको मूल्य ९० रूपैयाँले घटेर ३०५ र १९० रूपैयाँ मूल्यको हरियो धनिया घटेर ६५ रूपैयाँमा आएको समितिले जानकारी दिएको छ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारी तथा फलफूलको बजार मूल्य ओरालो लागेको छ।
केही वस्तुको मूल्य भने बढेको छ।
लसुन र फर्सीको मूल्य बढ्यो
अधिकांश तरकारीको मूल्य घट्दा लसुन, लौका, फर्सी, पुदीना र तिते करेलाको मूल्य भने बढेको छ।
चीनबाट आयात हुने लसुनको मूल्य बढ्दा भारत र नेपाली बजारमै उत्पादन हुने लौका, करेला र फर्सीको मूल्य पनि बढेको हो।
चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइसरको प्रभाव बढेसँगै चीनसँगका सबै व्यापारिक नाका बन्द हुँदा आयात रोकिएर लसुनको मूल्य बढेको हो।
तर, लौका, करेला र फर्सीको आन्तरिक उत्पादन र आयात प्रशस्त नहुँदा मूल्य घटेको बताइएको छ।
“करेला र फर्सीको उत्पादन समय वर्षायाम भएकाले अहिले उत्पादन कम छ”, उप-निर्देशक श्रेष्ठले भने, “थोरै परिमाणमा उत्पादन हुनु तथा आयात घट्नुले मूल्य उकालो लागेको छ।”
१ मंसीरमा प्रतिकिलो थोक मूल्य १९५ रूपैयाँ रहेको चिनियाँ लसुन ११ फागुनसम्म आइपुग्दा २४० ले बढेर प्रतिकिलो ४३५ पुगेको छ।
तीन महीनाअघि खुद्रा बजारमा २४५ रूपैयाँ किलो रहेको लसुनको मूल्य बढेर अहिले प्रतिकिलो ५१० रूपैयाँ पुगेको छ।
यस्तै, प्रतिकिलो ७८ रूपैयाँ रहेको तिते करेला बढेर १३५ रूपैयाँ पुगेको छ। यसको खुद्रा बजार मूल्य १५५ रूपैयाँ छ।
तीन महीनाअघि ४२ रूपैयाँ प्रतिकिलो रहेको पाकेको फर्सीको मूल्य बढेर ४८ रूपैयाँ पुगेको छ।
यसका साथै थोक बजारमा २४५ रूपैयाँ रहेको पुदीनाको मूल्य प्रतिकेजी ३० रूपैयाँले बढेर २७५ पुगेको छ।
हाल पुदीनाको खुद्रा बजार मूल्य प्रतिकिलो ३१५ रूपैयाँ पुगेको छ।
" />कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप-निर्देशक विजय श्रेष्ठले नेपालमा गोलभेडा र काउलीको उत्पादन बढेकाले मूल्य घटेको बताए।

">