काठमाडौं। दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप रोक्न त्यहाँका राष्ट्रपति मुन जाय–इनले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूका लागि आह्वान गरेपनि संक्रमितहरूको संख्या बढेको बढ्यै छ।
केहीदिनदेखि कोरोना भाइरस संक्रमितहरूको सङ्ख्या कोरियामा निरन्तर बढिरहेको छ। दक्षिण कोरियामा थप १६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै त्यहाँ कोरोना भाइरस संक्रमितको संख्या ७६३ पुगेको छ। २३ फेब्रुअरीसम्मको विवरणअनुसार कोरियामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भइसकेको छ।
चीनमा मृत्यु भएकाको संख्या २ हजार ५९२ पुगिसकेको छ। गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान शहरबाट शुरू भएको यो भाइरसका कारण मृत्यु भएका व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि संक्रमितको संख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाउँदै आएको छ। चारदिन यता चीनमा दैनिक सरदर १०० जनाको मृत्यु कोरोना भाइरसको संक्रमणबाट भइरहेको छ।
कोरोना भाइरसबाट संक्रमित ८० प्रतिशत व्यक्ति र मृतकमध्ये ९५ प्रतिशत हुबेइ प्रान्तका रहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। चारदिन यता मृत्यु भएका सबै हुबेइ प्रान्तका हुन्।
दक्षिण कोरियाली राष्ट्रपति मुनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरि सबैभन्दा उच्च सतर्कता अपनाइएको दाबी गरेका छन्। राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनुपर्ने उपायका बारेमा छलफल तथा तयारी भइरहेको पनि जानकारी दिएका छन्।
कोरोना भाइरसबाट इरानमा पनि १२ जनाको मृत्यु भइसकेको छ। त्यहाँ ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
त्यस्तै अफगानिस्तान, बहराइन र कुवेतमा पनि कोरोना संक्रमित व्यक्ति फेला परेका छन्।
" /> काठमाडौं। दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप रोक्न त्यहाँका राष्ट्रपति मुन जाय–इनले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूका लागि आह्वान गरेपनि संक्रमितहरूको संख्या बढेको बढ्यै छ।केहीदिनदेखि कोरोना भाइरस संक्रमितहरूको सङ्ख्या कोरियामा निरन्तर बढिरहेको छ। दक्षिण कोरियामा थप १६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै त्यहाँ कोरोना भाइरस संक्रमितको संख्या ७६३ पुगेको छ। २३ फेब्रुअरीसम्मको विवरणअनुसार कोरियामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भइसकेको छ।

">