काठमाडौं। कोटेश्वर सूर्यविनायक सडक खण्डमा हुने जाममा यात्रु, सवारी चालक र ट्राफिक प्रहरी सबै हैरान हुने गरेका छन्। हरेक दिन यात्रुलाई उक्त सडक खण्ड छिचोल्नु मुस्किल हुने गरेको छ। बिरामी बोकेका एम्बुलेन्सहरू समेत घन्टौंसम्म जाममा बस्नुपर्ने बाध्यता छ।
यसको दीर्घकालीन समस्या समाधानको लागि सडक विभागले जापानसँग मिलेर अध्ययन गरिरहेको छ। जापानको प्राविधिक टोली उक्त समस्या अध्ययनको लागि १७ फागुनमा काठमाडौं आइपुग्ने भएको छ।
जापानी टोलीले अध्ययन गरेर विस्तृत प्रतिवेदन बुझाउनभने एक वर्ष लाग्ने सडक विभागका अधिकारीहरू बताउँछन्। सवारी जाम हुने समस्या दीर्घकालीनरूपमा समाधान गर्नको लागि जापानी प्राविधिक टोलीको अध्ययन महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।
तर, अल्पकालीनरूपमा कोटेश्वर–सूर्यविनायक सडक खण्डको जाम हटाउनको लागि ट्राफिक प्रहरीले नयाँ नियम बनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बस लेनको अवधारणासहितको नियम सार्वजनिक गरेको छ।
‘उपत्यकाको सवारी आवागमनमा सहजता ल्याउन तथा सवारी दुर्घटना कम गर्ने उद्देश्यले सूर्यविनायक–कोटेश्वर सडकखण्डमा गुड्ने यात्रुवाहक तथा मालवाहक सवारी साधन तथा कम गतिमा गुड्ने सवारी साधन बायाँ लेनबाट मात्रै चलाउन पाइनेछ’ , महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निजी तथा साना सवारीसाधन सधैं दाहिने लेनबाट मात्र चलाउने व्यवस्था फागुन १४ गतेदेखि लागू गरिनेछ।’
प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा उपत्यकाको सवारी आवागमनलाई थप सहज र प्रभावकारी बनाउन बनेको अध्ययन समितिको सुझावका आधारमा तत्काल यस्तो नियम लागू गर्न लागिएको महाशाखाले बताएको छ।
एउटै लेनमा बायाँतिर यात्रुवाहक तथा मालवाहक सवारी र दायाँतिर निजी सवारीसाधन गुड्दा दुर्घटना पनि कम हुने र सवारी जामको समस्या पनि केही हदसम्म समाधान हुने सिफारिस ट्राफिकको अध्ययन समितिले गरेको थियो।
" /> काठमाडौं। कोटेश्वर सूर्यविनायक सडक खण्डमा हुने जाममा यात्रु, सवारी चालक र ट्राफिक प्रहरी सबै हैरान हुने गरेका छन्। हरेक दिन यात्रुलाई उक्त सडक खण्ड छिचोल्नु मुस्किल हुने गरेको छ। बिरामी बोकेका एम्बुलेन्सहरू समेत घन्टौंसम्म जाममा बस्नुपर्ने बाध्यता छ।यसको दीर्घकालीन समस्या समाधानको लागि सडक विभागले जापानसँग मिलेर अध्ययन गरिरहेको छ। जापानको प्राविधिक टोली उक्त समस्या अध्ययनको लागि १७ फागुनमा काठमाडौं आइपुग्ने भएको छ।

">