काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज कास्कीको पोखरामा गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला गरेको छ।
जहाँ प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायाणकाजी श्रेष्ठ लगायतले सम्बोधन गरे।
तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल भने भेलामा पुगेनन्।
नेकपाले सार्वजनिक गरेको प्रशिक्षण कार्यतालिकामा प्रदेशका भेला दुबै अध्यक्षले सम्बोधन गर्ने भनिएको थियो। हुन त यसअघि प्रदेश ५ र कर्णाली प्रदेशमा भएका भेलामा अध्यक्ष ओली अनुपस्थित थिए। प्रदेश ५ र कर्णाली प्रदेशको कार्यकर्ता भेलालाई अध्यक्ष दाहाल, अर्का वरिष्ठ नेता माधवकुमार नेपाल र महासविच विष्णुप्रसाद पौडेललगायतले सम्बोधन गरेका थिए।
कार्यकर्ता भेलामा नपुगेका अध्यक्ष दाहालले काठमाडाैंमा उपलब्ध ‘सिनियर’ नेताहरूसँग छलफल गरे।
नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल र महासचिव विष्णुप्रसाद पौडलेबीच छलफल भएको हो। छलफलमा नेता खिमलाल देवकोटा पनि सहभागी भएको स्रोतले जनाएको छ।
नेकपा अध्यक्ष दाहालको च्याम्बरमा करीब एक घण्टासम्म छलफल चलेको थियो। छलफलमा अन्य नेता/कार्यकर्तालाई ‘निषेध’ गरिएको थियो। छलफलमा उपाध्यक्ष बामदेव गौतमलाई समेत बोलाइएको भएपनि उनी सहभागी भएनन्।
नेताहरूबीच के विषयमा कुराकानी भयो भन्ने औपचारिक रूपमा सार्वजनिक नगरिएपनि राष्ट्रिय सभा सदस्य समेत प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्ने विषयमा छलफल भएको बुझिएको छ। नेकपाको विधान संशोधनका विषयमा पनि उनीहरूबीच छलफल भएको बताइएको छ।
“उहाँहरूबीच के के कुराकानी भयो जानकारी भएन, नेता/कार्यकर्तालाई प्रवेश दिइएको थिएन”, नेकपा केन्द्रीय कार्यालय स्रोतले भन्यो, “करीब एक घण्टा बसेर नेताहरू बाहिरिनुभयो।”
नेता नेपाल नेकपा सचिवालय बैठकले गठन गरेको संविधान संशोधन कार्यदलका संयोजक समेत हुन्। १० फागुनमा बसेको सचिवालय बैठकमा अध्यक्ष दाहालको प्रस्तावमा कार्यदल गठन गरिएको थियो। जसको अहिले नेकपाभित्र र बाहिरसमेत चर्को आलोचना भइरहेको छ।
आजै बिहान मात्र कार्यदल संयोजक नेपालको निवास कोटेश्वरमा कार्यदलका सदस्यहरूबीच अनौपचारिक छलफल भएको थियो। कार्यदलमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य छन्।
“धुम्बाराही बैठकमा नेता नेपालले बिहान कार्यदल सदस्यहरूबीच भएको छलफलबारे जानकारी गराउनुभो”, स्रोतले भन्यो।
संविधान संशोधनजस्तो गम्भीर विषयमा औचित्य पुष्टि नहुने गरी संशोधन कार्यदल गठन गरेर आफूहरूलाई सदस्य राखिएकोमा नेम्वाङ र देवकोटा दुबै असन्तुष्ट रहेको बताइएको छ।
आजै बिहान नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज कास्कीको पोखरामा गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला गरेको छ।जहाँ प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायाणकाजी श्रेष्ठ लगायतले सम्बोधन गरे।

">