काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
आज उनले मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन्। यसअघि यो मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका गोकुलप्रसाद बाँस्कोटाले सम्हालेका थिए।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा ७० करोडको ‘कमिसन डिल’ गरेको आरोप लागेपछि बाँस्कोटाले राजीनामा दिएसँगै रिक्त मन्त्रालयमा नेम्वाङलाई जिम्मेवारी तोकिएको थियो।
सञ्चारमन्त्रीको जिम्मेवारी भने अर्थमन्त्री डा. युवराज खतिवडालाई दिइएको छ। खतिवडाले ११ फागुनमा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुनमा मन्त्रीद्वय खतिवडा र नेम्वाङलाई थप जिम्मेवारी तोकेकी थिइन्।
" /> काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।आज उनले मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन्। यसअघि यो मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका गोकुलप्रसाद बाँस्कोटाले सम्हालेका थिए।

">