काठमाडौं। १५ फागुन २०७५ मा ताप्लेजुङको पाथिभरास्थित तारेढुङ्गा सिस्नेभिरमा एयर डाइनेस्टिको ९ एन–एएमआइई एएस ५० बी३ई हेलिकोप्टर दुर्घटना भएको थियो।
सोहि दिन गठित जाँचबुझ आयोगले पाथिभरा हेलिप्याडबाट ‘अति उत्साहित’ पाइलटले प्रतिकूल मौसमका बावजुद होलिकोप्टर उडाएको पाइएको निष्कर्ष निकालेको छ।
आयोगले तयार पारेको प्रतिवेदन आज संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको छ।
उक्त प्रतिवेदनले पाथिभरा हेलिप्याडबाट उड्नेबित्तिकै पाइलटले प्रतिकूल मौसमको सामना गर्नुपरेको पाएको छ। तीव्र गतिको हावा चल्नुका साथै हिउँ पर्न शुरु गरेको उक्त अवस्थामा पाइलटले हेलिकोप्टरमाथिको नियन्त्रण गुमाएको कारण भीरसँग ठोकिएर दुर्घटना भएको आयोगको निष्कर्ष छ।
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री अधिकारी सहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा भएको थियो।
हेलिकोप्टरमा सवार अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको दुर्घटनामा मृत्यु भएको थियो।
पाथीभराबाट उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटनामा परेको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।
" /> काठमाडौं। १५ फागुन २०७५ मा ताप्लेजुङको पाथिभरास्थित तारेढुङ्गा सिस्नेभिरमा एयर डाइनेस्टिको ९ एन–एएमआइई एएस ५० बी३ई हेलिकोप्टर दुर्घटना भएको थियो।सोहि दिन गठित जाँचबुझ आयोगले पाथिभरा हेलिप्याडबाट ‘अति उत्साहित’ पाइलटले प्रतिकूल मौसमका बावजुद होलिकोप्टर उडाएको पाइएको निष्कर्ष निकालेको छ।

">