काठमाडौं। पाम आयल र भटमासको तेल निर्यातले वैदेशिक व्यापारमा सातौं महीना पनि सुधार देखिएको छ।
चालु आर्थिक वर्षको सात महीनामा निर्यात २२.४१ प्रतिशतले बढेर झण्डै ६५ अर्ब रूपैयाँको निर्यात भएको छ भने आयात ३.६ प्रतिशतले घटेको छ।
यस्तै, कूल व्यापारघाटामा पनि गत वर्षको सोही अवधिभन्दा ५.३३ प्रतिशतले सुधार देखिएको आजको कारोबार दैनिकमा समाचार छ।
आयातमा कमी र निर्यातमा आएको सुधारले मुलुकको व्यापारघाटामा समेत कमी आएको हो।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सात महीनामा ६४ अर्ब ९७ करोड ७१ लाख रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
अघिल्लो वर्ष सो अवधिमा ५३ अर्ब ७ करोड ८७ लाख रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
पाम आयल र भटमासको तेल निर्यातमा उल्लेख्य वृद्धि आएकाले निर्यातमा सुधार भएको हो।
यस अवधिमा सबैभन्दा धेरै १३ अर्ब ८९ करोड ६८ लाख १४ हजार रूपैयाँ बराबरको पाम आयल निर्यात भएको छ। भारतले केही समय पाम आयल निर्यातमा प्रतिबन्ध लगाएको थियो।
यस्तै पाँच अर्ब ९४ करोड ६१ लाख ३० हजार रूपैयााको भटमासको तेल निर्यात भएको विभागको तथ्यांक छ।
" /> काठमाडौं। पाम आयल र भटमासको तेल निर्यातले वैदेशिक व्यापारमा सातौं महीना पनि सुधार देखिएको छ।चालु आर्थिक वर्षको सात महीनामा निर्यात २२.४१ प्रतिशतले बढेर झण्डै ६५ अर्ब रूपैयाँको निर्यात भएको छ भने आयात ३.६ प्रतिशतले घटेको छ।

">