काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच प्रतिनिधि सभाको बैठक अवरुद्ध नगर्ने सहमति भएको छ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा १२ फागुनमा यी तीन दलबीचको बैठकमा संसद अवरुद्ध नगर्ने समझदारी भएको हो।
कांग्रेस सचेतक पुष्पा भुसालले तीन दलबीचको बैठकले आजको प्रतिनिधि सभा बैठक अवरुद्ध नगर्ने समझदारी बनेको बताएकी छन्।
आजको नेपाल समाचारपत्रमा छापिएको समाचार अनुसार संसद् अवरुद्ध गरेर समस्याको समाधान नहुने देखेर तीनै दलले आफ्ना कुरा संसद्मा राख्ने तय गरेका हुन्।
सेक्युरिटी प्रेस खरीदमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसनसम्बन्धी अडिओ प्रकरणको विरोध गर्दै कांग्रेसले ८ फागुनको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको थियो।
बाँस्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएसँगै प्रतिपक्ष कांग्रेस लचिलो भएको छ।
तीन दलबीच सरकारविरुद्ध मोर्चाबन्दी गरेर अघि बढ्ने समेत समझदारी भएको छ।
छलफलमा कांग्रेसका सचेतक पुष्पा भुसाल, ज्ञानेन्द्र कार्की, अतहर कमाल मुसलमान, समाजवादीबाट संसदीय दलका सचेतक उमाशंकर अरगरिया, राजपाबाट संसदीय दलका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्णलगायतका नेताहरूको सहभागिता थियो।
" /> काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच प्रतिनिधि सभाको बैठक अवरुद्ध नगर्ने सहमति भएको छ।कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा १२ फागुनमा यी तीन दलबीचको बैठकमा संसद अवरुद्ध नगर्ने समझदारी भएको हो।

">