काठमाडौं। ललितपुरस्थित पुल्चोक मदन स्मारक विद्यालयको जग्गा अतिक्रमण भएको विरोधमा स्थानीयले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको पुत्ला जलाएका छन्।
२०११ सालमा स्थापना गरिएको सरकारी विद्यालयको करीब २७ रोपनी जग्गामा सडक विस्तार तथा अन्य संरचना बनाउने नाममा अतिक्रमण हुन थालेपछि स्थानीयले विरोध गरेको अभियानता महेशराज बज्राचार्यले देखापढीलाई बताए।
उनका अनुसार एकतर्फी रूपमा विद्यालयको करीब ७ आना जग्गा मिचेर सडक विस्तार गरिएको छ।
"हामीले पटकपटक प्रशासनसमक्ष याचना गर्यौँ, अदालतको ढोका ढकढक्यायौँ। तर, सरकारी जमिन दोहन गर्ने क्रम नरोकिएपछि आन्दोलन गर्न बाध्य भएका हौँ", बज्राचार्यले भने।
नेपाल सरकारले २६ चैत २०६९ मा राजपत्रमा सूचना प्रकाशित गरेर ललितपुर पुल्चोकको मदन स्मारक माविको चौरलाई ‘सार्वजनिक खुला क्षेत्र’ भनिसकेको छ।
तर, त्यसको ९ महीनाअघि नै यो स्कूलको ३२ रोपनी जग्गामध्ये १३ रोपनी १ आनामा बिजनेश कम्प्लेक्स बनाउने सम्झौता भइसकेको थियो।
त्यस्तै १ जेठ २०७६ मा सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले विद्यालयको जग्गामाथि भइरहेको अतिक्रमण रोकेर खुला क्षेत्र कायम राख्न आदेश जारी गरेको थियो।
" /> काठमाडौं। ललितपुरस्थित पुल्चोक मदन स्मारक विद्यालयको जग्गा अतिक्रमण भएको विरोधमा स्थानीयले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको पुत्ला जलाएका छन्।२०११ सालमा स्थापना गरिएको सरकारी विद्यालयको करीब २७ रोपनी जग्गामा सडक विस्तार तथा अन्य संरचना बनाउने नाममा अतिक्रमण हुन थालेपछि स्थानीयले विरोध गरेको अभियानता महेशराज बज्राचार्यले देखापढीलाई बताए।

">