महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता
काठमाडौं । बलात्कारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ ।

प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार पीडित महिलाले हिजाे उनी विरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएकी हुन् ।

संसद सचिवालयकी ती महिला कर्मचारीले आफूलाई बलात्कार गरेको सार्वजनिक गरेपछि महराले १४ असोजमा सभामुखबाट राजीनामा दिएका थिए । १२ असोजमा घटना भएको भन्दै उनले सञ्चारमाध्यममार्फत् घटना सार्वजनिक गरेकी थिइन् ।

घटना भएको ५ दिनपछि महराविरुद्ध उजुरी दर्ता भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यसबीचमा पीडित महिलाको स्वास्थ्य परीक्षणसमेत गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले समेत महरा त्यस दिन ती महिलाको डेरामा गएको पुष्टि गरिसकेको छ । प्रहरीले घटनाका अन्य सबुतसमेत संकलन गरेको जनाएको छ ।

‘‘कोठामा गएको र फर्किएको सीसीटीभी फुटेज सहितका कल डिटेल लगायत अन्य विषय सबै अनुसन्धान गरिएको छ’’, एक प्रहरी अधिकृतले भने,‘‘पीडित महिलाको उजुरी नआउँदा अनुसन्धानमा कठिनाई थियो । अब उजुरी आइसकेपछि अनुसन्धान सहज हुन्छ।’’

एक उच्च प्रहरी अधिकृतले देखापढीलाई भने, “जाहेरी प्राप्त भइसकेकाले अब त्यहीअनुसार प्रक्रिया अघि बढ्छ ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्