दुईजना बालबालिकालाई थप उपचारका लागि महाराजगंजस्थित कान्ति बाल अस्पतालमा ल्याइएको छ।
"हामीलाई फागुन ७ गते साँझ खबर आयो। मेरै नेतृत्वमा चिकित्सको टोली गएर परीक्षण गरेका हौं", पौडेलले भने, "विकट ठाउँ अशिक्षा गरिवीको कारण प्राय: सबै बच्चाहरू कुपोषित छन्।"
दादुरा देखिएका बिरामी बालबालिकाहरू ५ देखि १५ वर्ष उमेर समूहका छन्।
ती बालबालिकाहरूमा ज्वरो आउने, खोकी लाग्ने, सिँगान बग्ने, आँखा रातो हुने जस्ता लक्षण देखिएका छन्।
शरीरभरि मसिनो डाबरहरू देखिएकोले प्रारम्भिक परीक्षणपछि तत्काल औषधि शुरू गरिएको चिकित्सकले बताएका छन्। दादुराको संक्रमण दर नियन्त्रणतर्फ गइरहेको उनीहरूको भनाइ छ।
डा. पौडेलका अनुसार संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा सजिलैसँग अन्यमा फैलिने भएकाले सजगता अपनाउन भनिएको छ।
केही बालबालिकाको रगतको नमूना संकलन गरी परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाइएकोमा दादुरा 'पोजेटिभ' देखिएको बताइएको छ।
बस्तीभरिकै बालबालिकामा दादुरा देखिएपछि चेपाङ बस्तीलाई मात्र लक्षित गरी २ वटा खोप केन्द्र राख्न गाउँपालिकालाई अनुरोध गरिएको छ।
सरकारले फागुन र चैत दुई महिनालाई दादुरा रुवेला रोगविरुद्धको खोप अभियान महीनाको रूपमा मनाउँदै आएको छ।
" />दुईजना बालबालिकालाई थप उपचारका लागि महाराजगंजस्थित कान्ति बाल अस्पतालमा ल्याइएको छ।

">