काठमाडौं। सांसदहरूले कमिसन प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनु पर्ने माग गरेका छन्।

आजको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको विषय तथा अन्य अनियमितताका मुद्दामा प्रधानमन्त्रीमाथि पनि प्रश्न उठेकोले सदनसमक्ष जवाफ दिनुपर्ने माग गरेका हुन्।

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र प्रसाद रिजालले सञ्चार मन्त्रालय भ्रष्टाचारको अखडा भएको आरोप लगाए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग सरकारबाट प्रयोग भइरहेको बताएका रिजालले मुलुकमा भ्रष्टाचारले सीमा नाघेको आरोप लगाए।

टेलिकम इजाजत पत्र, सेटेलाइट, अप्टिकल फाइबर, ब्रोडब्याण्ड फोर जी सबैमा खर्बौंको भ्रष्टाचार भएको कुरा बाहिरिएको र यसबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने रिजालको माग थियो। आफूमाथि उठेका प्रश्नको प्रधानमन्त्रीले सदनमा जवाफ दिने विश्वासमा आफूहरू सदन नियमित गर्न तयार भएको पनि रिजालले बताए।

बाँस्कोटाको कमिसन प्रकरणमा प्रधानमन्त्री पनि गन्हाएको रिजालको भनाई थियो। ''…काँधमा सवारले पो तुर्काएको रहेछ। प्रधानमन्त्री, तपाईंले हैन। तर सर्वाङ्ग तपाईंको गन्हाउँदैछ'', रिजालले भने, ''संसदमा आएर आश्वस्त पार्नुस् भ्रष्टाचार हुन दिन्न भनेर। संविधान र लोकतन्त्र कसैले मिच्न सक्दैन भनेर।''

प्रधानमन्त्री ओलीले मनाएको जन्मदिन कुनै महाराजको भन्दा कम्ता नभएको पनि रिजालको आरोप थियो। राजाकोभन्दा भद्दा नक्कल गर्ने नेताका कारण कम्युनिष्टलाई नै लज्जित बनाएको रिजालको टिप्पणी थियो।

त्यस्तै सांसद सरिता गिरि, प्रमोद साहले पनि प्रधानमन्त्रीमाथि उठेका प्रश्नहरूको जवाफ संसदमा आएर दिनुपर्ने माग राखेका थिए।

" /> काठमाडौं। सांसदहरूले कमिसन प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनु पर्ने माग गरेका छन्।

"> कमिसन प्रकरणबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने सांसदहरूको माग: Dekhapadhi
कमिसन प्रकरणबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने सांसदहरूको माग
काठमाडौं। सांसदहरूले कमिसन प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनु पर्ने माग गरेका छन्।

आजको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको विषय तथा अन्य अनियमितताका मुद्दामा प्रधानमन्त्रीमाथि पनि प्रश्न उठेकोले सदनसमक्ष जवाफ दिनुपर्ने माग गरेका हुन्।

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र प्रसाद रिजालले सञ्चार मन्त्रालय भ्रष्टाचारको अखडा भएको आरोप लगाए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग सरकारबाट प्रयोग भइरहेको बताएका रिजालले मुलुकमा भ्रष्टाचारले सीमा नाघेको आरोप लगाए।

टेलिकम इजाजत पत्र, सेटेलाइट, अप्टिकल फाइबर, ब्रोडब्याण्ड फोर जी सबैमा खर्बौंको भ्रष्टाचार भएको कुरा बाहिरिएको र यसबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने रिजालको माग थियो। आफूमाथि उठेका प्रश्नको प्रधानमन्त्रीले सदनमा जवाफ दिने विश्वासमा आफूहरू सदन नियमित गर्न तयार भएको पनि रिजालले बताए।

बाँस्कोटाको कमिसन प्रकरणमा प्रधानमन्त्री पनि गन्हाएको रिजालको भनाई थियो। ''…काँधमा सवारले पो तुर्काएको रहेछ। प्रधानमन्त्री, तपाईंले हैन। तर सर्वाङ्ग तपाईंको गन्हाउँदैछ'', रिजालले भने, ''संसदमा आएर आश्वस्त पार्नुस् भ्रष्टाचार हुन दिन्न भनेर। संविधान र लोकतन्त्र कसैले मिच्न सक्दैन भनेर।''

प्रधानमन्त्री ओलीले मनाएको जन्मदिन कुनै महाराजको भन्दा कम्ता नभएको पनि रिजालको आरोप थियो। राजाकोभन्दा भद्दा नक्कल गर्ने नेताका कारण कम्युनिष्टलाई नै लज्जित बनाएको रिजालको टिप्पणी थियो।

त्यस्तै सांसद सरिता गिरि, प्रमोद साहले पनि प्रधानमन्त्रीमाथि उठेका प्रश्नहरूको जवाफ संसदमा आएर दिनुपर्ने माग राखेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्