काठमाडौं। राष्ट्रिय सभामा निर्वाचित नयाँ १८ सदस्यको शपथ २१ फागुनमा हुने भएको छ।
९ माघमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका उनीहरूलाई २१ फागुन बिहान ११ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउनेछन्।
संघीय संसद भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) को ल्होत्से हलमा शपथ कार्यक्रम राखिएको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले बताएका छन्।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ को उपदफा (१) को व्यवस्था अनुसार राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानको धारा ८६ को उपधारा (२) बमोजिम नवनिर्वाचित सदस्यलाई शपथ गराउने महासचिव भट्टराईले बताए।
संसद सचिवालयले शपथ लिने सदस्यले बिहान १० बजे नै राष्ट्रिय पोशाक वा आ-आफ्नो पहिचान झल्कने औपचारिक पोशाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र एवं नागरिकताको प्रमाणपत्रको सकल तथा प्रतिलिपी एक/एक प्रतिसहित उपस्थित हुन भनेको छ।
शपथ लिँदा आफ्नो मातृभाषामा लिन चाहेमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा (२) बमोजिम शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यसको अनुवादको एकप्रति तीन दिन अगावै अर्थात् १८ फागुनसम्म संघीय संसद सचिवालयमा उपलब्ध गराउन भनिएको छ।
९ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका दुई जना उम्मेद्वार निर्वाचित भएका थिए।
हाल राष्ट्रिय सभामा रहेका एक तिहाई अर्थात् निर्वाचित १८ र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गरेका एक सदस्यको पद २० फागुनमा सकिंदैछ।
पढ्नुहोस्
राष्ट्रिय सभामा आउँदो ६ वर्षसम्म नेकपाकै बहुमत
फागुनमा सकिँदैछ राष्ट्रिय सभाका यी १९ सदस्यको पदावधि
" /> काठमाडौं। राष्ट्रिय सभामा निर्वाचित नयाँ १८ सदस्यको शपथ २१ फागुनमा हुने भएको छ।९ माघमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका उनीहरूलाई २१ फागुन बिहान ११ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउनेछन्।

">