काठमाडौं। सात वर्षअघि डा. बाबुराम भट्टराई र विजयकुमार गच्छदारले व्यक्तिलाई दिएको सरकारी जग्गा नेपाल ट्रष्टकै नाममा फिर्ता ल्याइने भएको छ।
भट्टराई नेतृत्वको तत्कालीन मन्त्रिपरिषदले मातातिर्थ र थानकोटमा रहेको १७२ रोपनी जग्गा व्यक्तिका नाममा गरेको थियो। त्यतिबेला गच्छदार गृहमन्त्री एवं नेपाल ट्रष्टका अध्यक्ष थिए।
उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री तथा नेपाल ट्रष्टका अध्यक्ष ईश्वर पोखरेलले व्यक्तिको नाममा गएको जग्गा फिर्ता ल्याउने प्रक्रिया शुरू भइसकेकाले छिट्टै ल्याइने बताए।
नेपाल ट्रष्टको सम्पत्ति व्यवस्थापन सम्बन्धी तथ्य विवरणको जानकारी दिन आयोजना गरिएको कार्यक्रममा जारी भएको श्वेतपत्रमा केही समयभित्रै उक्त जग्गा ट्रष्टको स्वामित्वमा ल्याइने जानकारी दिइयो।
२ कात्तिक २०६९ को मन्त्रिपरिषद बैठकबाट मातातिर्थ र थानकोटको १७२ रोपनी जग्गामा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा नामसरी गरिएको थियो। तर, त्यसको सात वर्षपछि सरकारले कानूनी प्रक्रियाबाटै उक्त जग्गा ट्रष्टकै स्वामित्वमा फिर्ता ल्याउने प्रक्रिया शुरू गरेको हो।
७ जेठ २०७६ मा नेपाल ट्रष्टले मातातिर्थ र थानकोटको जग्गा मोहीलाई दिइएको बारे अध्ययन गर्न समिति गठन गरेको थियो। अध्ययन टोलीले सरकारलाई पेस गरेको प्रतिवेदनमा उक्त जग्गा ट्रष्टकै स्वामित्वमा ल्याउनु पर्ने उल्लेख गरिएको थियो।
त्यसैगरी, काठमाडौं महानगरपालिका-१७, बालाजुस्थित इचुंगको १० रोपनी ६ आना जग्गा समेत फिर्ता ल्याउने तयारी शुरू भइसकेको छ। बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले १ भदौ २०६९ मा उक्त जग्गा मोहीलाई दिने निर्णग गरेको थियो।
उक्त क्षेत्रफलको ट्रष्टको जग्गा पुनः आफ्नै स्वामित्वमा ल्याउन ट्रष्टले उच्चस्तरीय जग्गा सम्बन्धी आयोगमा उजुरी गरिसकेको ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री पोखरेलले बताए।
यसबारे सार्वजनिक तथा सरकारी सम्पत्ति छानबिन आयोगले थप अध्ययन गर्ने बताइएको छ।
पढ्नुहोस्
सरकारको श्वेतपत्र: कति छ नेपाल ट्रष्टको जग्गा ? क-कसले प्रयोग गर्दै छन् ? (भिडिओसहित)
" /> काठमाडौं। सात वर्षअघि डा. बाबुराम भट्टराई र विजयकुमार गच्छदारले व्यक्तिलाई दिएको सरकारी जग्गा नेपाल ट्रष्टकै नाममा फिर्ता ल्याइने भएको छ।भट्टराई नेतृत्वको तत्कालीन मन्त्रिपरिषदले मातातिर्थ र थानकोटमा रहेको १७२ रोपनी जग्गा व्यक्तिका नाममा गरेको थियो। त्यतिबेला गच्छदार गृहमन्त्री एवं नेपाल ट्रष्टका अध्यक्ष थिए।

">