प्रदीप ज्ञवालीको प्रश्न- नेकपा स्थिरता दिन अक्षम रहेको सन्देश दिन खोजिएको हो?
काठमाडौं। परराष्ट्रमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनेगरी आफ्नै पार्टीभित्र अघि बढाइएको संविधान संशोधनको पहलप्रति आपत्ति जनाएका छन्।

आज राति ट्वीटरमार्फत् उनले नेकपाभित्र भइरहेको पहलप्रति आपत्ति जनाएका हुन्।

१० फागुनको नेकपा केन्द्रिय सचिवालय बैठकले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्नसक्ने गरी संविधान संशोधनको गृहकार्य गर्न नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो। नेकपा उपाध्यक्ष वामदेव गौतमका लागि यस्तो व्यवस्था गर्न लागिएको नेकपाकै नेताहरुले बताउँदै आएका छन्।

बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा पराजित गौतमले प्रधानमन्त्री बन्न सक्ने भएमात्र राष्ट्रिय सभा सदस्य बन्ने अडान राख्दै आएका थिए।
ज्ञवालीले यसप्रति खुलस्त रुपमा आपत्ति जनाएका छन्।

"कमरेडहरू,गत निर्वाचनमा हामीमाथि जनविश्वासको आधार थियो, स्थिरता र समृद्धिको अपिल।तर कहिले आलोपालो प्रमं त कहिले शासन प्रणाली परिवर्तन,अनि राष्ट्रियसभा सदस्य पनि प्रमं हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस", ज्ञवालीले ट्वीटरमा लेखेका छन्, "के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो?"

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्