नेकपा सचिवालय बैठक बस्दै, अजेण्डाका लागि ओली-दाहाल छलफल जारी

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) सचिवालय बैठक केही बेरमा बस्‍ने भएको छ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री निवास बालुवाटरमा ११ बजेबाट बैठक शुरू हुने नेकपाका महासचिव विष्‍णु पौडेलले देखापढीलाई बताए।

बैठकमा प्रस्तुत हुने अजेण्डाको भने तय भइनसकेको उनले जानकारी दिए।

अहिले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भइरहेको छ।

अध्यक्षद्वयको छलफलश्‍चात आएको निचोडले सचिवालय बैठकमा प्रवेश पाउने प्रधानमन्त्री निकट स्रोतले बताएको छ।

"उहाँहरूले केही भन्‍नुभाको छैन। त्यसैले सचिवालयको अजेण्डाबारे अहिले भन्‍न सक्दिन", महासचिवल पौडेलले भने।

दुई अध्यक्षबीच संविधान संशोधनका लागि नेता माधवकुमार नेपालको नेतृत्वमा बनाइएको कार्यदल, निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडिओ प्रकरणपछि नेकपामाथि भइरहेको आलोचना र त्यसको रक्षाको लागि पार्टीले तय गर्ने रणनितिको बारेमा कुराकानी भएको बताइएको छ।

स्रोतका अनुसार एमसीसीबारे कार्यदलको सुझाव र भावी कदमबारे पनि अध्यक्षद्वयबीच छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्