काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले आज रक्तदान गर्दैै आफ्नो ३४औं वार्षिकोत्सव मनाएको छ। नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बैंकले रक्तदान गरेको हो।
यस्तै, बैंकले यस अवसरमा ग्राहकहरूको सम्मानमा दुई योजना पनि शुरू गरेको छ। पहिलो योजना अन्तर्गत क्रेडिट/डेबिट कार्ड तथा मास्टर कार्डको प्रयोगबाट कारोबार गर्दा ३४ प्रतिशतसम्म क्यासब्याक दिइने छ।
यस्तै, दोस्रो योजना अन्तरगत बैंकले आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने नीति लिएको छ। जसअन्तर्गत देशकै प्रमुख तीर्थस्थल गोसाइकुण्डमा हेलिकप्टरमार्फत् भ्रमण गर्ने प्याकेज सार्वजनिक गरिएको छ।
त्यसका लागि बैंकका प्रत्येक ग्राहक र कर्मचारीहरूको पहुँच अभिवृद्धिका लागि सिम्रिक एअरसँगको सहकार्यमा ६ महीनासम्म एनआईबीएल भिषा क्रेडिट कार्डमार्फत् मासिक ३ हजार ४०० किस्ताबन्दीमा गोसाइकुण्ड भ्रमणको प्याकेज उपलब्ध गराइने छ।
मासिक किस्ताबन्दी (ईएमआई प्याकेज) वार्षिकोत्सवदेखि मार्च २०२० सम्म उपलब्ध हुने बताइएको छ।
साथै, बैंकले बालबालिकाहरू लक्षित ‘चिडियाखाना घुम्न जाँदा’ नामक चित्रकथा किताब सार्वजनिक गरेको छ।
बैंकले यस किसिमको पहलबाट सानै उमेरमा बालबालिकाहरूमा वित्तीय, प्राविधिक ज्ञानका साथै सुसंस्कृति नैतिकताको विकास हुने विश्वास व्यक्त गरेको छ।
" /> काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले आज रक्तदान गर्दैै आफ्नो ३४औं वार्षिकोत्सव मनाएको छ। नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बैंकले रक्तदान गरेको हो।यस्तै, बैंकले यस अवसरमा ग्राहकहरूको सम्मानमा दुई योजना पनि शुरू गरेको छ। पहिलो योजना अन्तर्गत क्रेडिट/डेबिट कार्ड तथा मास्टर कार्डको प्रयोगबाट कारोबार गर्दा ३४ प्रतिशतसम्म क्यासब्याक दिइने छ।

">