राेल्पा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लगानी क्रान्तिको शुरुआत पनि रोल्पाबाटै हुने बताएका छन्। लिवाङमा आज आयोजित ‘रोल्पा लगानी सम्मेलन २०७६’ कार्यक्रममा मन्त्री पुनले रोल्पा कृषि, पर्यटन, जलविद्युत् र खानीको लागि राम्रो सम्भावनाको जिल्ला भएको हुँदा यी क्षेत्रमा लगानीका लागी स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरे।
जिल्ला राजनीतिक केन्द्र भएर देशमै चिनिएको र अब विभिन्न उद्योग कलकारखानालगायत विकासको केन्द्रको रूपमा चिनाउनुपर्ने समय आएको बताए।
सबै रोल्पाली कुनै न कुनै विधाको व्यवसायी बन्न उनले आग्रह गरे।
रोल्पा नगरपालिकाको आयोजना, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको सहआयोजना र जिल्ला समन्वय समिति रोल्पाको समन्वयमा लगानी सम्मेलनको आयोजना गरिएको हो।
जिल्लामा जलविद्युत्, कृषि, पर्यटन र खानीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउनका लागि सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ। सम्मेलन भाेलि, १५ फागुनसम्म चल्नेछ।
" /> राेल्पा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लगानी क्रान्तिको शुरुआत पनि रोल्पाबाटै हुने बताएका छन्। लिवाङमा आज आयोजित ‘रोल्पा लगानी सम्मेलन २०७६’ कार्यक्रममा मन्त्री पुनले रोल्पा कृषि, पर्यटन, जलविद्युत् र खानीको लागि राम्रो सम्भावनाको जिल्ला भएको हुँदा यी क्षेत्रमा लगानीका लागी स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरे।जिल्ला राजनीतिक केन्द्र भएर देशमै चिनिएको र अब विभिन्न उद्योग कलकारखानालगायत विकासको केन्द्रको रूपमा चिनाउनुपर्ने समय आएको बताए।

">