पोखरा। नेपाली राजनीतिमा लोकप्रीय युवा नेताको छवि बनाउन सफल तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको अकल्पनीय निधन भएको भोलि, १५ फागुनमा एक वर्ष पुग्दैछ। ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेका अधिकारी पोखरा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए।
उनी कास्कीको तत्कालीन भरतपोखरी गाविस जामुनाबोटमा २०२६ सालमा जन्मिएका थिए। सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विभिन्न माध्यमबाट राजनीतिक जागरणमा आफ्नो भूमिकालाई सशक्त बनाउँदै आएका थिए।
विसं २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गरेका अधिकारीले विभिन्न जिम्मेवारी बहन गर्दै २०४९ सालमा पिएन क्याम्पस र २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बने। उनले २०४५ सालमा पार्टीको सङ्गठित सदस्यता प्राप्त गरेका थिए।
विसं २०६४ र २०७० को संविधानसभा सदस्यमा कास्की क्षेत्र नं. ३ बाट निर्वाचित र २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं. २ बाट अधिकारी निर्वाचित भएका थिए। उनले २ चैत २०७४ मा नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
उनको निधनपश्चात् १८ जेठ २०७६ मा उनका योगदानलाई चिरस्थायी बनाउन ‘रविन्द्र अधिकारी स्मृति प्रतिष्ठान’को स्थापना गरिएको छ। जसको अध्यक्ष रविन्द्र पत्नी विद्या भट्टराई छन्।
विभिन्न व्यक्तित्वको नजरमा रवीन्द्र
विम्ब कवि एवं कलाकार रमेश श्रेष्ठः
विसं २०४३ मा मेरो रवीन्द्रसँग पृथ्वीनारायण क्याम्पसमा भेट भएको हो। त्यही समयदेखिको आत्मीयता ऊ जिवित रहँदासम्म कायम रह्यो। मिलनसार, जुझारु, हँसिलो अनुहार र सबैसँग आत्मीय सम्बन्ध विस्तार गर्नसक्ने उसँग गजबको विशेषता थियो।
फरक विचार र स्वभावका व्यक्तिलाई समेत आफ्नो प्रभावमा पार्नसक्ने क्षमता ऊसँग थियो। यही गुण र विशेषताले नै हुनुपर्छ उसलाई निरन्तर चुनावमा विजयी हासिल गराउँदै राजनीतिक सफलता मिल्दै गयो। रविन्द्र अधिकारी एउटा समयले जन्माएको क्यारेक्टर हो। नयाँ पुस्ताले आर्दश मान्ने क्यारेक्टर उसमा थियो।
पर्यटन व्यवसायी विप्लव पौडेलः
अधिकारीलाई म एक असल साथी र दूरदर्शी विकास प्रेमी नेताका रूपमा स्मरण गर्छु। नेपालको पर्यटनमा नयाँ आयाम र बृहत् योजनासहित अघि सारेका उहाँका रणनीतिक योजनाले नेपालको पर्यटनमा नयाँ आयामको शुरूआत गर्नमा हामी विश्वस्त थियौँ। तर, हामीले अकल्पनीय रूपमा उहाँलाई गुमायौँ।
उहाँको निधनले नेपालको पर्यटन विकासमा नराम्ररी धक्का लागेको महशुस भएको छ। पोखराको सन्दर्भमा पनि विश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट उहाँमा थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, चक्रपथ, काठमाडौं–पोखरा लुम्बिनी फाष्ट ट्रयाक, काठमाडौँ–पोखरा रेल्वे, मध्यपहाड़ी राजमार्गजस्ता पूर्वाधार निर्माणको दबाब सिर्जना गर्ने काममा उहाँको महत्वपूर्ण भूमिका छ।
शिक्षाविद् जोर्जजोनः
म काजबाट २०४९ सालमा पृथ्वीनारायण क्याम्पस फर्कंदा रविन्द्र अधिकारी स्ववियु सभापति हुनुहुन्थ्यो। निकै जाँगरिलो, कमाण्डिङ गर्न सक्ने टाठो युवा लाग्थ्यो। उहाँकै पहलमा पिएन गेटदेखि कार्यालयसम्मका बाटोलाई कङ्क्रिट बाटो बन्यो। बाटो निर्माण चन्दा उठाउन उहाँ निकै खटिनुभएको थियो।
रविन्द्रले विद्यार्थीकालदेखि नै विकासको अजेण्डालाई प्राथमिकता दिएको मैले पाएँ। कसैलाई नराम्रो नगर्ने, सम्मान गर्न जान्ने उहाँको विशेषता थियो। पोखरा विश्वविद्यालयको स्वरूप सम्बन्धीको एउटा कमिटीमा रविन्द्र र म सँगै थियौँ। उहाँले धेरै सुझाव दिनुभएको थियो। म निकै राम्रो व्यक्तिका रूपमा रवीन्द्रलाई स्मरण गर्छु।
रविन्द्र स्मृति प्रतिष्ठानका कोषाध्यक्ष देवका पहारीः
रविन्द्र अधिकारी मभन्दा एक व्याच सिनियर हुनुहुन्थ्यो। विद्यार्थी कालदेखि नै जुझारु र मिलनसार व्यवहार उहाँको थियो।
राजनीतिक आन्दोलनमा निडर निर्भिक साथ प्रस्तुत हुने कुशल नेतृत्व क्षमता उहाँमा थियो। राजनीति र विकास एकअर्काका अन्तर सम्बन्धित ठान्ने अधिकारी नेपाली राजनीतिलाई उचाइमा पुर्याउने एक कुशल राजनीतिक पात्र हुनुहुन्छ।
नेपाली राजनीतिको उदीयमान नक्षेत्रका रूपमा अधिकारीले गर्नुभएका सकारात्मक र अविस्मरणीय कार्यलाई चिरस्थायी बनाउन रविन्द्र अधिकारी स्मृति प्रतिष्ठान गठन गरेर उहाँको योगदानलाई जीवन्त राख्ने प्रयासमा लागेका छौँ।
पत्रकार रामकृष्ण ज्ञवालीः
हामीले देश विकासका बारेमा भिजन भएको नेता गुमायौँ। बोल्नकै लागि बोल्ने धेरै नेता छन्। यसका विपरीत अध्ययन अनुसन्धान गरेर सम्भाव्यताका आधारमा विकासका दृष्टिकोण बनाउने नेता रविन्द्र अधिकारी हुनुहुन्थ्यो।
देश तथा विदेशका विकासका मोडलमा विशेष चासो राख्दै अध्ययन गर्न र देशकाल परिस्थितिलाई बुझ्न सक्ने लोकप्रिय नेताका रूपमा म रविन्द्र अधिकारीलाई स्मरण गरिरहनेछु। आजको समकालीन नेतामा उहाँको जस्तो क्षमता र खुबी भएको नेता मैले देखेको छैन। अब छिट्टै जन्मेलान् वा अझै समय लाग्ला भन्न सकिन्न। जमुना वर्षा शर्मा/रासस