काठमाडाै‌ं। युग महंगीको छ। खल्तीमा हजार, पन्ध्र सय नबोकी बजार जाँदा दुई छाक खाना पनि आउँदैन। यस्तो महंगीमा एक रूपैयाँमा पनि केही सामान पाइएला ?

पत्याउन गाह्रै पर्छ। तर, आउँदो १७ फागुन, शनिबारका दिन एक रूपैयाँको सेल लाग्ने भएको छ। ललितपुरको बखुण्डोलमा रहेको टेरिज क्याफे सिनोमा यो सेल लाग्न थालेको हो।

उक्त सेलमा चिया राख्‍ने कोस्टर, तीन प्रकारका क्याण्डल होल्डर, दुई थरी पेन होल्डर, मोबाइल होल्ड गर्न सकिने की-रिंगलगायतका सामग्री राखिनेछ। त्यस्तै वाइन ग्लास होल्डर, साबुन राख्‍ने होल्डर, गितार होल्डरलगायतका सामान पनि एक रूपैयाँमा पाइनेछ।

सेलको आयोजक संस्था ‘धासु डिल्स्’का सञ्चालक नितेश शर्माका अनुसार पैसाभन्दा पनि जनचेतना जगाउनका लागि यो कार्यक्रम आयोजना गरिएको हो।

सेलमा राखिने सबै सामग्री एकपटक प्रयोगमा आइसकेका सामग्रीबाटै बनाइएको हो। प्रयोगविहीन भएका वा टुटेफुटेका सामग्रीको पुनःउपयोग सजिलै सम्भव छ भन्ने देखाउन यो कार्यक्रम आयोजना गरिएको शर्माले बताए।

“सेलमा राखिने सबै सामग्री यही समाजबाटै आएका हुन्। तिनलाई पुनः प्रयोग गर्न सकिने गरी हामी समाजमै फर्काउन चाहन्छौं”, शर्माले भने।

एक रूपैयाँकै सेल लगाउनुमा पनि शर्माको आफ्नै तर्क छ। उनी एक रूपैयाँलाई पनि मूल्यवान बनाउन खोजेको बताउँछन्।

“५ वा  १० रूपैयाँ त कसैले छोड्दैन। एक रूपैया त होस् भनेर छोड्छन् नि। एक रूपैयाँमा पनि सामान आउँछ भनेर सन्देश दिन खोजेको हुँ”, शर्माले भने।

एक रूपैया सबै सवै वर्गका लागि लक्षित भए पनि शर्माले मुख्य रूपमा महिलाप्रति लक्षित रहेको बताए। घरमा के फाल्ने, के राख्ने भन्नेबारे ज्यादा निर्णय महिलाले नै गर्ने भएकाले उनीहरूलाई बुझाउन यस्तो कार्यक्रमको आयोजना प्रभावकारी हुने उनको ठम्याइ छ।

नितेशले ‘धासू डिल्स्’मार्फत् काम नलाग्ने भएर फालिएका सवारीसाधनका पार्टपूर्जा, टायर, सीसा, काठ, फ्लेक्स, विद्युतीय फोहोर, धातूजन्य वस्तुबाट नयाँ सामग्री निर्माण गर्दै बिक्री गर्न थालेको सात वर्ष भइसकेको छ। तर, उनले ग्राहकको प्रत्यक्ष प्रतिक्रिया नपाएकाले पनि यो कार्यक्रम आयोजना गरिएको बताए।

गत वर्ष उनले अनलाइनमार्फत् यस्तै कार्यक्रम आयोजना गरेका थिए। तर, त्यसबाट खासै प्रतिक्रिया मिलेन। कतिपय ग्राहकले ‘पैसा दिन्छौं, तर घरमै डेलिभरी गरिदिनुस्’ भने। उनका लागि यो सिकाइ भयो। त्यसैले निर्णय गरे– एक रूपैयाँको सेल आयोजना गर्ने। त्यहाँ त ग्राहकसँग प्रत्यक्ष भेट्न पाइन्छ।

शर्मा भन्छन्, “यहाँ १०० वटा सामान बिक्यो भने मैले जम्मा कमाउने १०० रूपैयाँ नै हो। जबकि १५० देखि एक हजार रूपैयासम्म पर्ने सामान राखेका छौं। तर, मेरो सामानको मूल्य हेर्ने हो भने धेरै ठूलो रकम खर्च हुन्छ। मैले त्यही रकम विज्ञापनमा खर्च गर्दा पनि त हुन्छ। तर, त्यहाँ मैले ग्राहक भेट्दिनँ। यहाँ प्रत्यक्षरूपमा कुरा गर्न पाउँछु।”

सेलमा बिक्रेताको हातमा पैसा राखिदिनु पनि नपर्ने उनले जनाए। त्यसको लागि खुत्रुके राखिएको छ। ग्राहकले सामग्री किनेपछि त्यही खुत्रुकेमा पैसा खसाइदिन सक्छन्।

" /> काठमाडाै‌ं। युग महंगीको छ। खल्तीमा हजार, पन्ध्र सय नबोकी बजार जाँदा दुई छाक खाना पनि आउँदैन। यस्तो महंगीमा एक रूपैयाँमा पनि केही सामान पाइएला ?

"> फालिएका सामग्रीको महत्त्व बुझाउन लाग्दैछ ‘एक रूपैयाँ सेल’ (भिडिओसहित): Dekhapadhi
फालिएका सामग्रीको महत्त्व बुझाउन लाग्दैछ ‘एक रूपैयाँ सेल’ (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्