‘बामदेव मोह’ ले नेकपामा विवाद

काठमाडौं। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने सचिवालयको निर्णयसँगै सत्तारुढ नेकपामा विवाद बढेको छ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यसमा असन्तुष्ट देखिएका छन्।

प्रधानमन्त्री ओली २० फागुनमा खाली हुने एउटा कोटामा जसरी पनि अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने अडानमा रहेको आजको अन्नपूर्ण पोष्टमा समाचार छ।

सचिवालयको १४ फागुनको बैठकले राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष गौतमलाई पठाउन सरकारलाई सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको नेताहरूले बताएका थिए।

सचिवालयले यो निर्णय गर्दा ओली भने मौन थिए।

बहुमत सचिवालय सदस्यले आफूलाई घेराबन्दीमा पार्न अन्यत्रै भेला/बैठक बसेर निर्णय गरी ल्याउने र पार्टी बैठकमा सुनाएर निर्णय गराउन खोज्ने प्रवृत्ति देखिन थालेको भन्दै उनले असनतुष्टि पोखेका थिए।

बैकमा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेर लैजान अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका थिए।

त्यसपछि ओलीले भनेका थिए, ‘म आज अलिकति बोल्छु। तपाईँहरूले कहाँ के-के गरिरहनुभएको छ, मलाई सम्पूर्ण जानकारी छ। मेरा विरुद्धका गतिविधिबारे म जानकार छु। तर, ती सबै प्रक्रिया सामना गरेर जान्छु। तपाईँहरूको निर्णय सुनाउनुहोस्।’

प्रतिक्रिया दिनुहोस्