उपरथीमा बढुवा भएका सिग्देल र भण्डारीलाई दर्ज्यानी

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथीमा बढुवा भएका अशोकराज सिग्देल र गोकुल भण्डारीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

बडादशैंको फुलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमपश्‍चात प्रधानसेनापति थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सहायकरथीद्वय सिग्देल र भण्डारीलाई मन्त्रिपरिषद्ले १७ असोजमा उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

सिग्देल निरीक्षणाधिकृतको कार्यालय र भण्डारी पोखरास्थित पश्‍चिम पृतना मुख्यालयमा कार्यरत् थिए।

बढुवासँगै सिग्देललाई निरीक्षणाधिकृतको कार्यालयको निरीक्षणाधिकृत र भण्डारीलाई पश्‍चिम पृतना मुख्यालयको पृतनापतिको जिम्मेवारी दिइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्