राष्ट्रिय सहमतिविना संविधान संशोधन सम्भव छैनः देव गुरुङ

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले संविधान संशोधनको आवश्यकता भए पनि त्यो राष्ट्रिय सहमतिविना सम्भव नभएको बताएका छन्।

संवाद डबलीमा भएको साक्षात्कारमा गुरुङले संविधान सम्झौताको दस्तावेज भएकोले राष्ट्रिय सहमति जुटेको खण्डमा मात्र संशोधन गर्न सकिने बताए।

संविधान संशोधनका लागि नेकपा सचिवालयले कार्यदल नै गठन गरेको थियो ।

तर, राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संशोधन गर्न खोजिएको भन्दै पार्टीभित्र र बाहिरबाट विरोध भएपछि १४ फागुनको नेकपा सचिवालय बैठकले कार्यदल क्रियाशील नहुने निर्णय गरेको थियो।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्याजेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा कार्यदलको सुझावअनुसार नै सचिवालयले निर्णय गर्ने नेता गुरुङले बताए।

“राष्ट्रिय हित अनुकुल बनाएर एमसीसी सम्झौता सचिवालयबाट पारित हुनेमा म विश्वस्त छु”, उनले भने।

प्रतिक्रिया दिनुहोस्