काठमाडौं। सत्तारुढ नेकपाका सांसद एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले नेपाल ट्रस्टले सार्वजनिक गरेको श्वेतपत्रमा आफूलाई अनाहकमा मुछिएको आरोप लगाएका छन्।
आज संसदमा आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै शर्माले श्वेपत्रलाई अश्वेतपत्रको संज्ञा दिए।  उनले भने, ''यो श्वेतपत्र हो भने जस्ताको तस्तै आउनुपर्‍यो।''
श्वेतपत्रमा १३ कात्तिक २०७४ मा थामाशेर्कु प्रालिको आर्थिक प्रस्ताव स्वीकृत भएको र त्यसबेला शर्मा गृहमन्त्री रहेको उल्लेख छ। शर्माले आफू त्यसअघि नै (११ असोजमै) गृहमन्त्रालयको जिम्मेवारीबाट मुक्त भइसकेको जानकारी दिँदै आफूलाई श्वेतपत्रमा अनावश्यक आरोपित गरिएको बताए।
अनियमितता रोक्नुपर्ने, संविधानको मर्म विपरीत कानून बनाउन नहुने, काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने लगायत सुशासन र विकासका कुरा उठाउँदा आफूमाथि प्रहार भएको शर्माको भनाई थियो। तर सत्यका अगाडि आफू नतर्सिने पनि शर्माले बताए ।
''नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गर्ने र गराउने काम किन गरियो ? मूख्य सचिव र कर्मचारीले गलत छ भन्दाभन्दै किन मेरो नाम लेखियो ? त्यसकारण मलाई शंका उत्पन्न भयो। विश्वासको संकट पर्‍यो। आफ्नै सरकारलाई मद्दत गर्दागर्दै किन यस्तो काम भयो?  म प्रधानमन्त्री, रक्षामन्त्री र सरकारबाट जवाफ चाहन्छु।''
शर्माले भाडामा दिइएका सबै सम्पत्ति फिर्ता लिइनुपर्ने पक्षमा आफू रहेको पनि बताएका थिए।
" /> काठमाडौं। सत्तारुढ नेकपाका सांसद एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले नेपाल ट्रस्टले सार्वजनिक गरेको श्वेतपत्रमा आफूलाई अनाहकमा मुछिएको आरोप लगाएका छन्।
आज संसदमा आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै शर्माले श्वेपत्रलाई अश्वेतपत्रको संज्ञा दिए।  उनले भने, ''यो श्वेतपत्र हो भने जस्ताको तस्तै आउनुपर्‍यो।''
श्वेतपत्रमा १३ कात्तिक २०७४ मा थामाशेर्कु प्रालिको आर्थिक प्रस्ताव स्वीकृत भएको र त्यसबेला शर्मा गृहमन्त्री रहेको उल्लेख छ। शर्माले आफू त्यसअघि नै (११ असोजमै) गृहमन्त्रालयको जिम्मेवारीबाट मुक्त भइसकेको जानकारी दिँदै आफूलाई श्वेतपत्रमा अनावश्यक आरोपित गरिएको बताए।
अनियमितता रोक्नुपर्ने, संविधानको मर्म विपरीत कानून बनाउन नहुने, काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने लगायत सुशासन र विकासका कुरा उठाउँदा आफूमाथि प्रहार भएको शर्माको भनाई थियो। तर सत्यका अगाडि आफू नतर्सिने पनि शर्माले बताए ।
''नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गर्ने र गराउने काम किन गरियो ? मूख्य सचिव र कर्मचारीले गलत छ भन्दाभन्दै किन मेरो नाम लेखियो ? त्यसकारण मलाई शंका उत्पन्न भयो। विश्वासको संकट पर्‍यो। आफ्नै सरकारलाई मद्दत गर्दागर्दै किन यस्तो काम भयो?  म प्रधानमन्त्री, रक्षामन्त्री र सरकारबाट जवाफ चाहन्छु।''
शर्माले भाडामा दिइएका सबै सम्पत्ति फिर्ता लिइनुपर्ने पक्षमा आफू रहेको पनि बताएका थिए।
"> जनार्दन शर्माले संसदमा भने- 'सरकारले मप्रति पूर्वाग्रह राख्यो': Dekhapadhi
जनार्दन शर्माले संसदमा भने- 'सरकारले मप्रति पूर्वाग्रह राख्यो'
काठमाडौं। सत्तारुढ नेकपाका सांसद एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले नेपाल ट्रस्टले सार्वजनिक गरेको श्वेतपत्रमा आफूलाई अनाहकमा मुछिएको आरोप लगाएका छन्।
श्वेतपत्रमा १३ कात्तिक २०७४ मा थामाशेर्कु प्रालिको आर्थिक प्रस्ताव स्वीकृत भएको र त्यसबेला शर्मा गृहमन्त्री रहेको उल्लेख छ। शर्माले आफू त्यसअघि नै (११ असोजमै) गृहमन्त्रालयको जिम्मेवारीबाट मुक्त भइसकेको जानकारी दिँदै आफूलाई श्वेतपत्रमा अनावश्यक आरोपित गरिएको बताए।
अनियमितता रोक्नुपर्ने, संविधानको मर्म विपरीत कानून बनाउन नहुने, काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने लगायत सुशासन र विकासका कुरा उठाउँदा आफूमाथि प्रहार भएको शर्माको भनाई थियो। तर सत्यका अगाडि आफू नतर्सिने पनि शर्माले बताए ।
शर्माले भाडामा दिइएका सबै सम्पत्ति फिर्ता लिइनुपर्ने पक्षमा आफू रहेको पनि बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्