काठमाडौं। नेकपा (माले) का महासचिव सीपी मैनाली चढेको कार दुर्घटना भएको छ।
महोत्तरीको बर्दिबासस्थित रातु पुलमा मैनाली चढेको बा. ४ च २१२० नम्बरको कारलाई पिकअप भ्यानले ठक्कर दिएर दुर्घटना भएको महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले देखापढीलाई बताए।
"उहाँको खुट्टा र टाउकोमा चोट लागेको जानकारी प्राप्त भएको छ। खतरामुक्त हुनुहुन्छ", अधिकारीले भने।
ईलाका प्रहरी कार्यालय बर्दीबासका डीएसपी राजन चापागाईंका अनुसार मैनालीको स्थानीय जनसेवा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा परी महासचिव मनौलीका छोरा, बुहारी , नाती र चालक समेत गरी पाँच जना घाइते भएका छन्।
झापाबाट काठमाडौंतर्फ छुटेको मनौलीसहित परिवार सवार रहेको कार र विपरीत दिशातर्फबाट छुटेको ना ४ च ७६८० नम्बरको पिकअप भ्यान आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले बताएको छ।
दुर्घटनामा परी मनौलीका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन्।
" /> काठमाडौं। नेकपा (माले) का महासचिव सीपी मैनाली चढेको कार दुर्घटना भएको छ।

">