सुनसरी। सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी महिलाको मृत्यु भएपछि वीपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ।
चिकित्सकको लापरबाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको बच्चाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल प्रशासन घेराउ गरेका छन्।
आज बिहा १ बजेतिर २८ वर्षीया लक्ष्मी बुढाथोकीको मृत्यु भएको थियो। उनलाई १२ फागुनमा सुत्केरी गराउनका लागि प्रतिष्ठानको प्रसूति वार्डमा आफन्तले बेड भर्ना गरेका थिए।
लामो समयसम्म सुत्केरी व्यथा लाग्दा पनि समयमै अस्पतालले सुत्केरी नगराएकाले बच्चा पेटमै मरेको र आमाको पनि अस्पतालमै मृत्यु भएपछि तनाव उत्पन्न भएको हो।
आमा र बच्चा दुबैको मृत्युको कारण प्रसूति गराउन ल्याइएकी बिरामीलाई समयमै चिकित्सकले नहेरेको तथा लापरबाही गरेका कारण आमा बच्चा दुबैको ज्यान गएको मृतकका मामा ससुरा गणेश चौहानले बताए।
प्रतिष्ठानमा प्रसूति गराउन नसक्ने भए अन्त सिफारिस गर्नुको साटो त्यत्तिकै यहाँ राखिएका कारण आमा बच्चा दुबैको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। रासस
" /> सुनसरी। सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी महिलाको मृत्यु भएपछि वीपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ।चिकित्सकको लापरबाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको बच्चाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल प्रशासन घेराउ गरेका छन्।

">