गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ।

बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिनाले गणपूरक सङ्ख्याका बारेमा नियमापत्ति गरेका थिए।

नियमापत्तिपछि सभामुखले गणपूरक सङ्ख्या यकिनका लागि सङ्घीय संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए।

सचिवालयले ३ मिनेट जनाउ घण्टी बजाएर सांसद सङ्ख्या यकिन गर्दा कम्तीमा एक चौथाइ अर्थात् ६९ जना हुनुपर्नेमा जम्मा ५८ सांसद मात्र उपस्थिति रहेको पाइएको थियो।

नेपालको संविधानको धारा ९४ अनुसार सदनमा कुनै पनि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सांसद सङ्ख्याको एक चौथाइ उपस्थिति हुनुपर्छ।

एक चौथाइ सांसदको उपस्थिति नदेखिएपछि सभामुखले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी दिँदै बैठक स्थगन गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक १८ फागुन दिउँसो १ बजे बस्नेछ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्