काठमाडौं। काठमाडौं उपत्यकाभित्र रहेका सात विश्वसम्पदा स्थलमा ५९९ संरचना मापदण्ड विपरीत बनेको पाइएको छ।
तीमध्ये अधिकांश निजी घर रहेका छन्। पुरातत्व विभाग विश्वसम्पदा संरक्षण शाखा प्रमुख डा. सुरेशसुरश श्रेष्ठका अनुसार तीमध्ये सबैभन्दा बढी भक्तपुर दरबारक्षेत्रमा छन्।
भक्तपुर दरबार क्षेत्रभित्र १५४ सम्पदा मापदण्ड विपरीत देखिएका छन्।
विभागको तथ्यांकअनुसार पाटन दरबार क्षेत्रभित्र १३०, हनुमानढोका दरबार क्षेत्रभित्र ९५, स्वयम्भू क्षेत्रभित्र ७०, पशुपति क्षेत्र विकास कोषअन्तर्गतका क्षेत्रभित्र ६६, बौद्धनाथ क्षेत्रभित्र ६० र चाँगुनारायण क्षेत्रभित्र २४ संरचना मापदण्ड विपरीत बनेका छन्।
युनेस्कोले सम्पदा क्षेत्रभित्र मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउन सरकारलाई आग्रह गर्दै आएको छ।
विशेष गरी हनुमानढोका दरबार क्षेत्रलाई पटकपटक खतराको सूचीमा राख्ने चेतावनी दिँदा पनि मापदण्ड विपरीत निर्माण गरिएका संरचना नै मुख्य कारण देखाइएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ।
" /> काठमाडौं। काठमाडौं उपत्यकाभित्र रहेका सात विश्वसम्पदा स्थलमा ५९९ संरचना मापदण्ड विपरीत बनेको पाइएको छ।तीमध्ये अधिकांश निजी घर रहेका छन्। पुरातत्व विभाग विश्वसम्पदा संरक्षण शाखा प्रमुख डा. सुरेशसुरश श्रेष्ठका अनुसार तीमध्ये सबैभन्दा बढी भक्तपुर दरबारक्षेत्रमा छन्।

">