काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा यात्रुलाई ज्वरो भए/नभएको पत्ता लगाउन जडान गरिएको एउटा ‘थर्मल स्क्यानर’ बिग्रिएको एक महीना पुग्न लाग्दा पनि मर्मत गरिएको छैन।
विमानस्थलमा एउटा स्क्यानर चलिरहेको छ।
चीनबाट फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड–१९) विश्वव्यापी बन्दै गएपछि विमानस्थलस्थित हेल्थ डेस्कमा दुईवटा थर्मल स्क्यानर जडान गरिएको थियो।
थर्मल स्क्यानरमार्फत परीक्षण गर्दा एक सग डिग्री फरेनहाइटभन्दा माथि ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा अप्ठ्यारो देखिए कोभिड-१९ को आशंकामा बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा परीक्षण तथा उपचारका लागि पठाउने व्यवस्था मिलाइएको छ।
विमानस्थलमा एउटा मात्र स्क्यानर चलेकाले यात्रुलाई लाइन लगाएर जाँच गर्नुपर्ने बाध्यता छ।
चलेको थर्मल स्क्यानरले समेत सही तापक्रम नदेखाउने समस्या रहेको आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ।
हाल हेल्थ डेस्कमा १३ जना कार्यरत् छन्। यो जनशक्तिले सबै यात्रुको प्रक्रिया पुर्याएर परीक्षण गर्न भ्याउँदैनन्।
“दिनमा करीब १५ हजार मानिस विमानस्थलमा आउजाउ गर्छन्, नेपाल भित्रिने मात्र करीब ७/८ हजार हुन्छन्। यति थोरै कर्मचारीले कसरी भ्याउनु”, हेल्थ डेस्कका एक स्वास्थ्यकर्मीले भने।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले स्क्यानर तुरुन्त नयाँ किन्न वा मर्मत गर्न जरुरी रहेको बताए।
" /> काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा यात्रुलाई ज्वरो भए/नभएको पत्ता लगाउन जडान गरिएको एउटा ‘थर्मल स्क्यानर’ बिग्रिएको एक महीना पुग्न लाग्दा पनि मर्मत गरिएको छैन।विमानस्थलमा एउटा स्क्यानर चलिरहेको छ।

">