दशैंमा सशस्त्र प्रहरीको ३ दिन निःशुल्क बस सेवा

काठमाडौं। सशस्‍त्र प्रहरीले दशैंमा ३ दिन उपत्यकामा नि:शुल्क बस सेवा सञ्‍चालन गर्ने भएको छ।

सार्वजनिक यातायात कम चल्ने भएकाले यात्रुको सुविधाको लागि महानवमी (२० असोज) देखि दशैंको टीकाको भोलिपल्ट (२२ असोज) सम्म निःशुल्क बस सञ्‍चालन गरिने सशस्‍त्र प्रहरी बलले जनाएको छ।

बिहान १०:०० देखि साँझ ५:०० बजेसम्म सञ्‍चालन हुने बस सेवाको लागि २ वटा रुट तोकिएको छ।

रुट नम्बर- १:

स.प्र.बल प्रधान कार्यालय हलचोक-वनस्थली-वसुन्धरा-चावहिल-कोटेश्‍वर-सातदोबाटो-कलंकी हुँदै हलचोकसम्म।

रुट नम्बर- २:

स.प्र.बल प्रधान कार्यालय हलचोक-स्वयम्भु चोक-कलंकी-सातदोबाटो-कोटेश्‍वर-चावहिल-वनस्थली हुँदै हलचोकसम्म।

यो पनि पढ्नुहोस्:

दशैंमा प्रहरीले ३ दिन निःशुल्क बस चलाउने

दशैंको टीकाको दिन सेनाले निःशुल्क बस चलाउने

प्रतिक्रिया दिनुहोस्