भोजपुर अस्पतालमा सात महीनापछि आकस्मिक प्रसूति सेवा शुरू

भोजपुर। चिकित्सक अभावमा बन्द भएको भोजपुर अस्पतालको आकस्मिक प्रसूति सेवा सात महीनापछि शुरू भएको छ।

विशेषज्ञ चिकित्सकसहित उपकरणहरूको व्यवस्थापन गरिएसँगै शल्यक्रियाबाट प्रसूति गराउन शुरू भएको भोजपुर अस्पतालकी डा. पवित्रा श्रेष्ठले जानकारी दिइन्।

शल्यक्रियाबाट प्रसूती सेवा दिन एमडीजीपी डा. अमितेशराज पाण्डेलाई ल्याइएको छ।

अस्पताल व्यवस्थापन समिती, प्रदेश १ सामाजिक बिकास मन्त्रालय विराटनगरलगायत सरोकारवालाको प्रयासबाट बन्द सेवा शुरू भएको श्रेष्ठले बताइन्।

आकस्मिक प्रसूति सेवा बन्द भएसँगै गर्भवती महिलाहरु नियमित स्वास्थ्य जाँच तथा सुत्केरी गराउन धरान, विराटनगर र काठमाडौं धाउनुपर्ने वाध्यता थियो।

कच्ची सडक र हवाई उडान नियमित नहुँदा उनीहरूले सास्ती भोगिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्