काठमाडौं। ९ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनपछि राष्ट्रिय जनता पार्टी (राजपा) केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा सहभागी हुने चर्चा चुलिएको थियो।

राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपाबीच प्रदेश २ मा तालमेल भएकाले पनि धेरैले यस्तो आकलन गरेका थिए।

तर, चर्चा चलेअनुसार राजनीतिक घटनाक्रम अघि बढेनन्। बरु त्यसभन्दा पहिल्यै, ८ पुसमा सरकारबाट बाहिरिएको समाजवादी पार्टीसँग राजपाको हिमचिम बढेको छ।

१२ फागुनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, प्रतिपक्षी दलहरु समाजवादी पार्टी र राजपाले प्रतिनिधि सभामा बोल्नका लागि सभामुखसँग समय माग्ने र समय नदिए संसद अवरुद्ध गर्ने संयुक्त निर्णय गरे।

सरकार र सत्तारुढ नेकपाप्रति ‘नरम’ देखिएको राजपा संसदमा प्रतिपक्षीहरूसँगै मिलेर फेरि आक्रामक देखिनु रोचक छ।

किनभने केही समय अघिसम्म उसले पार्टी महाधिवेशनलाई आफ्नो मूख्य प्राथमिकता बताउँदै आएको थियो।

तर, ६ वटा मधेशकेन्द्रित दल मिलेर ७ वैशाख २०७४ मा गठन भएको राजपाले पछिल्लो समय भने महाधिवेशन गर्ने कुनै सुरसार नै देखाउन छाडेको छ।

“समाजवादी पार्टीसँग एकीकरण गरेर अघि बढौं भन्ने केही साथीहरूको धारणा छ, तर हामी भने महाधिवेशन गरेर मात्र एकतामा जाने भनिरहेका छौं।”- राजकिशोर यादव

अझ रोचक त के छ भने राजपाले अहिलेसम्म दुईपटक विधान संशोधन गरेको छ भने तीनपटक तोकेको महाधिवेशनको मिति यत्तिकै गुजारिसकेको छ।

अहिले ५३ जिल्लामा राजपाको संगठन अस्तित्वमा छ। तीमध्ये २९ जिल्लामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको छ।

के राजपाले महाधिवेशन नचाहेकै हुन् त ?

नेताहरू भने समाजवादी पार्टीसँग एकता गर्न छलफल चलिरहेकाले महाधिवेशनको तयारी रोकिएको बताउँछन्।

राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले देखापढीसँग भने, “समाजवादी पार्टीसँग एकीकरण गर्ने सन्दर्भमा अनौपचारिक छलफल जारी छ, एकताको धेरै नजिक पुगिसकेका छौं, केही कुरा मिल्न मात्र बाँकी छ।”

संयोजक यादवले अब दुई पार्टीबीच एकीकरण भइसकेपछि एकता महाधिवेशन गर्नेतर्फ ध्यान केन्द्रित हुने बताए।

उनले भने, “समाजवादी पार्टीसँग एकता पक्रिया अघि बढेको छ। त्यसपछि एकता महाधिवेशनमा ध्यान दिन्छौं।”

उनले एकता पक्रिया अघि बढेको बताएपनि के–के कुरा मिल्न बाँकी रहेको भन्नेबारे चाहिँ बताउन चाहेनन्।

राजपाको अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले पनि यादवकै भनाईमा सहमति जनाए।

उनले यसबीचमा राजपाको महाधिवेशन तयारी स्थगनजस्तै रहेको उल्लेख गर्दै भने, “सरकारबाट बाहिरिएपछि उपेन्द्रजी पहिलेभन्दा अलिक सिरियस हुनुहुन्छ, यो बीचमा थुप्रै अनौपचारिक कुराकानी पनि भइरहेका छन्।”

राजपा र समाजवादी पार्टीबीच एकीकरणबारे औपचारिक रूपमा अहिलेसम्म कुनै छलफल भएको छैन।

समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले पनि एकताका कुरा अनौपचारिक रूपमा मात्र भइरहेको पुष्टि गरे।

उनले भने, “एकताका लागि कार्यदल बनेको छैन, छलफल सकारात्मक रूपमा अघि बढ्यो भने कार्यदल बनाएर अगाडि बढ्न सकिन्छ।”

गत १३ भदौमा  राजपा र समाजवादी पार्टीको वार्ता टोलीबीच एकीकरणबारे छलफल भएको थियो। त्यसमा नेतृत्व व्यवस्थापनको विषयमा कुरा नमिल्दा एकता प्रक्रिया तुहिएको थियो।

समाजवादी पार्टीका उपाध्यक्ष रेणु यादवले भनिन्, “राजपासँग करीब-करीब धेरै विषयमा सहमति भइसकेको छ, नेतृत्वमा मात्र कुरा मिल्न बाँकी छ।”

उनले केही सातापछि औपचारिक रूपमा छलफल शुरु हुने र सहमतिमा एकता प्रक्रिया अघि बढ्ने बताइन्।

यसअघि समाजवादी पार्टी सरकारमै रहँदा पनि राजपासँग एकीकरण गर्नेबारे पत्र नै आदानप्रदान भएको थियो।

तर, राजपाले एकीकरणका लागि समाजवादी पार्टी सरकारबाट बाहिरिनुपर्ने शर्त तेर्स्याउँदै आएको थियो।

राजपा र समाजवादी पार्टीबीच एकीकरणको चर्चा चल्न थालेको डेढ बर्ष बितिसकेको छ।

यो चर्चाले ठोस आकार नपाउनुको एउटा कारण हो- राजपाको अध्यक्षमण्डलभित्र समाजवादी पार्टीसँग ‘एकीकरण गर्ने’ र ‘नगर्ने’ दुई विचार समूह हुनु।

राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव समाजवादी पार्टीसँग एकीकरण गर्नुभन्दा पहिले महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

उता महन्थ ठाकुर र महेन्द्र राय यादव भने दुवै पार्टीबीच एकता गरेर एकै पटक महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव भन्छन्, “समाजवादी पार्टीसँग एकीकरण गरेर अघि बढौं भन्ने केही साथीहरूको धारणा छ, तर हामी भने महाधिवेशन गरेर मात्र एकतामा जाने भनिरहेका छौं।”

तर, एकीकरणबारे आन्तरिक तयारी र छलफल जसरी अघि बढ्नुपर्ने हो, त्यसरी हुन नसकेको उनको भनाइ छ।

नेतृत्व अन्योलग्रस्त रहेको बताउँदै उनले भने, “एकीकरणबारे छलफल हुँदैछ, छिट्टै निष्कर्षमा पुगिएला भन्ने विश्वास छ।”

“पटक-पटक महाधिवेशन सार्ने र रोकिने स्थितिले महाधिवेशनप्रति नै प्रश्न उठेको छ”, उनले थपे। पार्टीभित्रको फरक-फरक विचार समूहकै कारण राजपाको महाधिवेशन प्रभावित भएको यादवको भनाई छ।

किन भइरहेको छैन एकता ?

डेढवर्षदेखि चलिरहेको एकताको चर्चा हरेक पटक कुनै न कुनै कारण देखाएर टार्ने काम भइरहेको छ। कहिले उपेन्द्र यादवले एकतामा चासो नदिएको आरोप लाग्छ भने कहिले राजपालाई।

नेताहरू पनि भन्ने गर्छन्- ‘हाम्रो नीति र सिद्धान्त मिल्छ, जनताको चाहना पनि दुई पार्टीबीच एकीकरण होस् भन्ने छ।’

त्यसबेला राजपाले दुवै पार्टीबाट दुई/दुई जना गरेर चारजनाको अध्यक्षमण्डल हुनुपर्ने प्रस्ताव गरेको थियो। त्यही प्रस्तावमा अहिले पनि छलफल भइरहेको छ।

महन्थ ठाकुर पहिलो वरियतामा, डा. बाबुराम भट्टराई दोस्रो, उपेन्द्र यादव तेस्रो र राजेन्द्र महतो चौथो वरियतामा रहनेगरी छलफल चलिरहेको अध्यक्षमण्डलका सदस्य ठाकुरले बताए।

तर, चौथो वरियतामा जनजातिलाई राख्नुपर्ने समाजवादी पार्टीको माग छ। कुरा मिल्न नसकेको यही विषय बनेको छ।

राजपाका महासचिव केशव झाका अनुसार एकताको मुख्य जटिलता नेतृत्वकै व्यवस्थापन छ। उनले भने, “व्यक्तिहरूको एकता नहुन्जेल पार्टी एकता हुन्छ त ?”

तर, दुई पार्टीबीच चुनाव चिन्हमा भने कुनै विवाद छैन।

पञ्जा छाप र छातामध्ये कुनै एउटा राख्न सकिनेमा नेतृत्व खुला देखिन्छ। छाता नै चुनाव चिन्ह हुनसक्ने सम्भावना रहेको राजपा नेताहरू बताउँछन्। चुनाव चिन्ह राजपाको रहेमा पार्टीको झण्डा भने समाजवादी पार्टीकै रहनेछ।

समाजवादी पार्टीकी उपाध्यक्ष यादव भन्छिन्, “नेतृत्वकै प्रोटोकल मुख्य चुनौती छ, त्यो मिल्नेवित्तिकै एकता भइहाल्छ।”

राजपाका एक वरिष्ठ उपाध्यक्षका अनुसार आगामी वैशाखसम्म एकता भइसक्नेछ।

उनले भने, “यसअघि अध्यक्षमण्डलभित्रै एकीकरणप्रति केही असन्तुष्टि देखापरेको थियो तर अहिले कुनै विवाद छैन, सबै सकारात्मक छन्।”

शासकीय स्वरूप र निर्वाचन प्रणालीका विषयमा एकता महाधिवेशन भएपछि टुंग्याइने बताइएको छ।

समाजवादी पार्टीको विधानमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने उल्लेख छ भने राजपाले संसदीय प्रणाली अपनाएको छ।

" /> काठमाडौं। ९ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनपछि राष्ट्रिय जनता पार्टी (राजपा) केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा सहभागी हुने चर्चा चुलिएको थियो।

"> राजपाको अनौठो ‘मूभ’: महाधिवेशनको तयारी छाडेर समाजवादी पार्टीसँग एकता !: Dekhapadhi
राजपाको अनौठो ‘मूभ’: महाधिवेशनको तयारी छाडेर समाजवादी पार्टीसँग एकता !

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्