चितवन। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका उपाध्यक्ष वामदेव गौतम नै राष्ट्रिय सभा सदस्यमा मनोनित हुने बताएका छन्।
आज चितवनमा पत्रकारसँग कुरा गर्दै दाहालले गौतमलाई प्रधानमन्त्रीले नै राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने बताएका हुन्।
उनले भने, “प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन, उहाँले गर्नुहुन्छ । मैले त्यति बुझेको हो ।”
प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्नुभएन भने के हुन्छ भन्ने अर्को प्रश्नमा उनको जवाफ थियो, “म अहिले त्यतातिर जानै चाहन्न। मलाई विश्वास छ, उहाँले पार्टीको सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुने छैन।”
आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको दाहालको भनाइ थियो। रासस
" /> चितवन। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका उपाध्यक्ष वामदेव गौतम नै राष्ट्रिय सभा सदस्यमा मनोनित हुने बताएका छन्।आज चितवनमा पत्रकारसँग कुरा गर्दै दाहालले गौतमलाई प्रधानमन्त्रीले नै राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने बताएका हुन्।

">