काठमाडौं। इरानी उपराष्ट्रपति मसुमेह इब्तेकरलाई पनि कोरोना भाइरस संक्रमण (कोभिड-१९) भएको पुष्टि भएको छ। महिला तथा पारिवारिक मामिला हेर्ने उपराष्ट्रपति इब्तेकरलाई कोरोना भाइरसको संक्रमण देखिएको इरानी सञ्चार माध्यमहरूले जनाएका छन्।
उनी अहिले आफ्नै निवासमा क्वारेन्टाइनमा बसिरहेकी छन्। उपराष्ट्रपति इब्तेकर हिजो पनि क्याबिनेटको बैठकमा सहभागी भएकी थिइन्।
शियाहरूको पवित्र शहर कोम महानगरका निमित्त प्रमुख मोज्तबा जोलनोअरलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ। उनले आफू हाल घरमै क्वारेन्टाइनमा रहेको घोषणा गरिसकेका छन्। कोरोना भाइरसको पहिलो संक्रमण कोममा नै देखिएको थियो।
यसअघि पनि इरानका उप स्वास्थ्यमन्त्री इराज हरिर्चीमा पनि कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो।
इरानमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढिरहेको छ। हालसम्म इरानमा २४५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ। २८ जनाको मृत्यु भइसकेको छ।
यसैबीच इरानले राजधानी तेहरान लगायत अन्यत्र पनि शुक्रबार हुँदै आएको प्रार्थना रद्द गर्ने निर्णय गरेको छ। चिनियाँ नागरिकलाई इरान प्रवेशमा पनि रोक लगाइएको छ।