काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले प्लान्ट क्वारेन्टाइनलाई व्यवस्थित गरेर मात्र कृषि तथा पशुजन्य वस्तुहरू आयात गर्न सरकारलाई निर्देशन दिएको छ।
आज बसेको समितिको बैठकले प्लान्ट क्वारेन्टाइनको प्रावधानलाई बलियो बनाई किसानहरुको समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएको हो।
समिति सभापति पूर्णकुमारी सुवेदीले क्वारेन्टाइनसम्बन्धी कानून निर्माण गरेर कडाईका साथ कार्यान्वयनमा जानुपर्ने बताइन्।
क्वारेन्टाइन चेकजाँच नहुँदा गुणस्तरहीन वस्तुहरुको आयात बढेको र यसले मानव स्वास्थ्यमा असर पार्ने भएपनि कानून निर्माण गरेर नै अगाडी बढ्नुपर्नेमा सांसदहरुले जोड दिएका हुन्।
कानून निर्माण भएपछि वस्तु आयात गर्न दावाव दिने स्थितिको अन्त्य हुने सांसद देवप्रसाद तिमल्सेनाले बताए।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कानूनको व्यवहारिक पक्ष ख्याल गरेर काम गर्ने विषय सकारात्मक भएको बताएका छन्।
प्लान्ट क्वरोन्टाइनबिना बीउबिजन ल्याउँदा उत्पानमा समस्या हुने र किसानलाई नोक्सानी पुर्याउने भएकाले गम्भीर छलफल गरी कानून निर्माण गर्नुपर्नेमा सांसदहरुको जोड थियो।
" /> काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले प्लान्ट क्वारेन्टाइनलाई व्यवस्थित गरेर मात्र कृषि तथा पशुजन्य वस्तुहरू आयात गर्न सरकारलाई निर्देशन दिएको छ।आज बसेको समितिको बैठकले प्लान्ट क्वारेन्टाइनको प्रावधानलाई बलियो बनाई किसानहरुको समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएको हो।

">