कैलाली। भारतको दुधुवा नेशनल पार्क नजिक पर्ने अन्तर्राष्ट्रिय महत्वको मोहना–लालझाडी जैविक मार्गको अस्तित्व खतरामा पर्दै गएको छ।

विभिन्न ठाउँमा भइरहेको अतिक्रमण र दुधुवा नेशनल पार्कसँगको ‘कनेक्टिभिटी’ टुट्दा यो जैविक मार्गको अस्तित्व खतरामा परेको हो। दुधुवा नेशनल पार्कबाट वन्यजन्तुको ओहोरदोहोर भइरहने मार्ग हाल पूर्ण रुपमा थुनिएको छ। वन्यजन्तुले ओहोरदोहोर गर्ने बाटोमा घना मानव बस्ती बसिसकेको छ। भारतले आफ्नो क्षेत्रमा काँडे तारबार लगाइसकेको छ।

सरकारले कैलालीको पश्चिमी क्षेत्र र कञ्चनपुरको पूर्वी भागमा रहेका वनहरूलाई मिलाएर २०६८ सालमा मोहना–लालझाडी जैविक मार्ग घोषणा गरेको थियो। त्यो बेला जैविकमार्ग जोगाउने र दुधुवा, मोहना–लालझाडीबीचको ‘कनेक्टिभिटी’ बढाउने छलफल चलाइए पनि त्यसले सकारात्मक रुप लिन सकेन। हाल मोहना–लालझाडी र दुधुवा कहिँ पनि जोडिएको छैन।

डोके बजारसँगै जोडिएको पश्चिमतर्फको थोरै भू–भाग अझै खाली छ। मोहना–लालझाडी जैविकमार्ग पनि त्यहीँबाट सबैभन्दा नजिक पर्छ। तर, खाली चौर देखिएको ठाउँको जग्गा सबै नम्बरी भइसकेको छ। जग्गाधनीहरू काठमाडौं, पोखरा, भारतको मुम्बई लगायतका ठाउँमा बसिरहेको बुझिएको छ।

‘‘हुलाकी सडक निर्माण थालिएपछि खतरा अझै बढ्यो’’, सामुदायिक वन समन्वय समिति मोहनाका अध्यक्ष राजबहादुर ऐरले भने,‘‘अब त जोडिने कार्य लगभग असम्भव जस्तै भएको छ।’’

यसअघि मानव बस्तीलाई अन्यत्र व्यवस्थापन गरेर कञ्चनपुरको डोके बजारभन्दा पश्चिममा वनक्षेत्र विस्तार गरी दुधुवा र मोहना–लालझाडीबीचको ‘कनेक्टिभिटी’ जोड्ने पहलकदमी भएको थियो ।

‘‘त्यो बेला जग्गाको मूल्य पनि सस्तो थियो र त्यहाँ बसोबास गर्ने स्थानीयसमेत अन्यत्र जानका लागि सकारात्मक देखिएका थिए’’, ऐर भन्छन्,‘‘तर, हुलाकी सडक बन्ने निश्चित भएपछि एकाएक कुरो बिग्रियो। अब उक्त ठाउँ छोडेर कोही हट्न मान्ने अवस्था छैन।’’

‘‘पहिले एक करोड रुपैयाँ खर्चेर ‘कनेक्टिभिटी’ बढाउन सक्ने अवस्था थियो’’, अध्यक्ष ऐरले भने,‘‘अब जग्गाको मूल्य आकाशिएको छ। करोडौं खर्च गरेर पनि जैविक मार्ग जोगाउने कार्य सम्भव देखिन्न।’’

वन्यजन्तुका लागि मोहना नदी किनार हुँदै डोके बजार आसपास क्षेत्र र पश्चिमतिर दोदा नदी किनार आसपासको क्षेत्र राम्रो मानिएको थियो। तर, ती सबै मार्ग अब थुनिएका छन्। जैविक मार्ग थुनिएपछि मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको छ। जङ्गली हात्ती लगायतका वन्यजन्तुले ओहोरदोहोरको क्रममा मान्छेमाथि आक्रमण, खेतीबालीमा क्षति गर्ने र विभिन्न संरचना भत्काउने गरिरहेका छन्।

यसै वर्षमात्रै कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। तत्कालीन सरकारले २०३४ सालमा पुनर्वास कार्यक्रम अन्तर्गत वन्यजन्तुको बाटोमा मानव बस्ती बसाएको थियो। यसैगरी, सुकुम्बासी आयोगमार्फत पनि केही मान्छे आएर बसेको पाइन्छ।

वन्यजन्तुको बाटोमा बसेकाहरू वन संरक्षणमा त सक्रिय छन तर, थुनिएको जैविक मार्ग खोल्नमा भने सकारात्मक छैनन्। जैविक मार्गको कुरा गर्ने बित्तिक्कै यहाँ भुइचालो नै जान्छ।

विगतमा पुनर्वास कार्यक्रम अन्तर्गत पुनर्वास, बाइसेबिचुवा लगायतको ठाउँमा बसेको मानव बस्ती यतिबेला जैविक मार्गमा बाक्लिँदै गएको छ। यसैगरी, दोदा नदी आसपास रहेको बस्ती पनि बाढी समस्याका कारण वन क्षेत्रमा पुगेको छ।

अहिले लालझाडी गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने सबै गाउँहरू लालझाडी राष्ट्रिय वनको छेउछाउमा रहेका छन्। २०५६ मा आएको बाढीले ठूलो डुवान भएपछि होचो ठाउँमा रहेका सबै बस्ती जङ्गल किनारमा स्थानान्तरण भएको स्थानीय शारदा रानाले बताइन्।

वन्यजन्तुको बाटोमा बस्दै आएका स्थानीयवासीहरू संरक्षणमा भने क्रियाशील छन्। उनीहरु सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध भइ संरक्षण सम्बन्धी गतिविधि गरिरहेका छन्। तर, थुनिएको जैविक मार्ग खोल्नमा भने सकारात्मक नरहेको अमर गोकुल सामुदायिक वनका अध्यक्ष दत्तनाथ सुवेदीले बताए। ‘‘जैविक मार्गको कुरा गर्ने बित्तिक्कै यहाँ भुइचालो नै जाने गरेको छ’’, उनले भने, ‘‘हामी चाहन्छौं यहाँ मान्छे र वन्यजन्तु दुवैलाई कुनै अवरोध नहोस्।’’

कैलालीको नौ र कञ्चनपुरको २९ गरी ३८ हजार हेक्टर क्षेत्रफलमा मोहना–लालझाडी जैविक मार्ग फैलिएको छ। यसले उत्तरमा चुरे र पश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म सम्बन्ध राख्छ। मोहना–लालझाडी कोरीडोरमा पाटेबाघ, हात्ती, चितुवा, बंदेल, चित्तल लगायतका वन्यजन्तु ओहोरदोहोर गर्ने गरेका छन्।

दुधुवा नेशनल पार्कबाट आएका वन्यजन्तु यसै मार्गलाई प्रयोग गरेर चुरे क्षेत्रसम्म पुग्ने गरेको संरक्षणकर्मीहरु बताउँछन् ।

" /> कैलाली। भारतको दुधुवा नेशनल पार्क नजिक पर्ने अन्तर्राष्ट्रिय महत्वको मोहना–लालझाडी जैविक मार्गको अस्तित्व खतरामा पर्दै गएको छ।

"> नेशनल पार्कसँग मोहना–लालझाडी जैविक मार्गको ‘कनेक्टिभिटी’ टुट्यो: Dekhapadhi
नेशनल पार्कसँग मोहना–लालझाडी जैविक मार्गको ‘कनेक्टिभिटी’ टुट्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्