अर्थमन्त्रीको दावीः आर्थिक वृद्धिदर एकल अंकको उच्च र दोहोरो अंकको अलि कम
<p>काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालले गरिबी निवारण र दीगो विकासको लक्ष्यलाई ध्यान दिएर आर्थिक नीति बनाइरहेको बताएका छन्। आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्रको स्थायीत्वलाई पनि सँगै लैजानुपर्ने अर्थमन्त्रीले बताए।</p>
<p>राष्ट्र बैंकले आज काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय कन्फ्रेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स विषयको तेस्रो सम्मेलनको उद्घाटन पछि बोल्दै खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई समान रूपले अघि बढाउन वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरिएको उनको भनाई छ। त्यसैगरी, नेपालको आर्थिक स्थितिले गरिबी निवारणलाई ध्यान दिएको खतिवडाले बताए।</p>
<p>कार्यक्रममा खतिवडाले बैंकमा निक्षेप, ऋण र मनिट्रान्सफरको कारोबार गर्दा मात्रै वित्तीय समावेशिता नहुने भन्दै वित्तीय समावेशिताको कुरा गर्दा बीमालाई विर्सन नहुने बताए। बीमालाई छुटाउँदा वित्तीय समावेशिताले कुनै आकार लिन नसक्ने र त्यो केबल नारामा मात्रै सीमित हुने उनले बताए।</p>
<p>त्यसैगरी, अर्थमन्त्रीले बजेटमा लक्ष्य राखिएअनुसारकै आर्थिक वृद्धी चालु आर्थिक वर्षमा हासिल हुने बताए। उनले भने, “नेपालको आर्थिक वृद्धिदर सकारात्मक गतिमा अघि बढेको छ। चालु आर्थिक वर्षको आर्थिक वृद्धि दर एकल अंकको उच्च र दोहोरो अंकको अलि कम हुनेछ।”</p>
प्रतिक्रिया दिनुहोस्