काठमाडौं। भारतले अस्थायी समयका लागि जापानी र दक्षिण कोरियाली नागरिकलाई अनअराइभल भिसा दिन बन्द गरेको छ। जापानको टोक्योस्थित भारतीय दूतावासले यी दुवै देशमा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अहिले केही समयका लागि बन्द गरेको १६ फागुनमा जनाएको छ।
१५ फागुन बिहान भारतले जापानी पानीजहाजबाट ११९ भारतीय नागरिकसहित पाँचजना विदेशीलाई उद्धार गरेको थियो। त्यसमध्ये एकजना नेपाली थिए।
चीनभन्दा बाहिर सबैभन्दा बढी नोबेल कोरोना भाइरस दक्षिण कोरियामा फैलिएको छ। त्यहाँ करीब दुई हजारमा कोरोना संक्रमण फैलिएकोमा १३ जनाको मृत्यु भइसकेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार दक्षिण कोरियामा ९० प्रतिशतभन्दा बढी संक्रमण थेगु शहरमा भएको छ। उक्त शहरमा पहिलोपटक कोरोना भाइरसका संक्रमित देखिएका थिए। त्यसआसपास क्षेत्रमा ठूलो संख्यामा नेपालीको पनि बसोबास रहेको छ।
‘हालैको कोरोना महामारीका कारण जापान र दक्षिण कोरियाका नागरिकलाई दिँदै आएको अनअराइभल भिसा केही समयका लागि रोकिएको छ’, टोक्योस्थित भारतीय दूतावासले ट्वीट गरेको छ, ‘नियमितरूपमा भिसा आवेदन भने दिन सकिनेछ।’
यसअघि १४ फागुनमा भारतले चिनियाँ पर्यटक र चीनमा बसोबास गरिरहेका विदेशीलाई ई-भिसा सुविधा रद्द गरेको थियो। त्यसको दुई दिनपछि भारतले चिनियाँ नागरिक र पछिल्लो दुई सातामा चीनको भ्रमण गरेका विदेशी नागरिकलाई दिइएको भिसा रद्द गरिदिएको थियो।
‘इन्टरनेसनल एअर ट्रान्सपोर्ट एशाेसिएसन’ ले सार्वजनिक गरेको यात्रासम्बन्धी विवरणका अनुसार फ्रेन्च पोलेनेसियाले ५ फागुनमा अन्य देशसँगै नेपालबाट समेत जाने पर्यटकसँग अनिवार्यरूपमा स्वास्थ्य रिपोर्ट हुनुपर्ने र त्यस्तो रिपोर्ट त्यहाँ पुग्नु भन्दा कम्तीमा पाँच दिन अगाडिको हुनुपर्ने निर्देशन जारी गरेको छ।
अर्को देश नाउरूले पनि १४ फागुनमा अन्य विभिन्न देशसँगै पछिल्लो २१ दिनमा नेपालसमेत घुमेका पर्यटकलाई प्रवेश नदिने निर्णय गरेको छ।
सोलोमन आइल्याण्डले १ फागुनमा पछिल्लो १४ दिनमा चीनमा ट्रान्जिट भएका यात्रुलाई प्रवेशको अनुमति छैन। त्यस्तै फिजी, नउरु, पपुवा न्यूगिनी र भानुउतामा ट्रान्जिट भएका नागरिकलाई प्रवेश दिइने छ। तर, उनीहरूले पछिल्लो दुई हप्तामा अन्य विभिन्न देशका अतिरिक्त नेपालमा समेत नभएको वा ट्रान्जिट नपरेको प्रमाण पेश गर्नुपर्नेछ।
नेपालमा भने कोभिड-१९को संक्रमणबाट जोगिन आवश्यक कुनै पनि तयारी नगरेको जनगुनासो बढ्दो छ।
" /> काठमाडौं। भारतले अस्थायी समयका लागि जापानी र दक्षिण कोरियाली नागरिकलाई अनअराइभल भिसा दिन बन्द गरेको छ। जापानको टोक्योस्थित भारतीय दूतावासले यी दुवै देशमा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अहिले केही समयका लागि बन्द गरेको १६ फागुनमा जनाएको छ।१५ फागुन बिहान भारतले जापानी पानीजहाजबाट ११९ भारतीय नागरिकसहित पाँचजना विदेशीलाई उद्धार गरेको थियो। त्यसमध्ये एकजना नेपाली थिए।

">